नेपालले टस हार्यो, टाेलीमा तीन परिर्वतन

२०८२ आश्विन १४, मंगलवार १९:५१

काठमाडौं । नेपालले वेस्टइण्डिजविरुद्धको तेस्रो तथा अन्तिम टि२० आईमा टस जितेको छ ।

युएईको शारजहाँमा वेस्ट इण्डिजका कप्तान अकिल हुसेनले टस जितेर बलिङ रोजे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो । सोमबार भएको दोस्रो टि२० आईमा नेपाली टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालले दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र आसिफ शेखलाई आराम लिएको छ । उनीहरुको स्थानमा आरिफ शेख, शाहब आलम र लोकेश बमले मौका पाएका छन् ।

वेस्टइण्डिजविरुद्धको तीन खेलको युनिटी कप टि२० सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेलमा १९ रनको जित हात पारेको नेपालले दोस्रो खेलमा ९० रनको फराकिलो जित हासिल गरेको थियो ।

लगातार दुई जितका साथ नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको थियो । टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पहिलो पटक दुईपक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ठूलो सफलता हात पारेको हो ।

नेपाल आजको खेलमा जित हात पारेर पहिलो पटक कुनै पनि एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि ३-० ले सिरिज जित्न चाहन्छ । उता, वेस्टइण्डिज सिरिजमा सान्त्वना जित निकाल्ने लक्ष्यमा छ ।

नेपालको प्लेईङ-११

लोकेश बम, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, मोहम्मद आदिल आलम, शाहब आलम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy