त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड बजेट

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन्।

अर्थमन्त्री पौडेलले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

हाल स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो।

यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ।

अर्थमन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

पौडेलले मुलपानी क्रिकेट मैदान, टियु क्रिकेट मैदान, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम, चितवनको गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy