टियु बिबिए कप : केसीएमआईटि र के एण्ड के विजयी

पब्लिक युथ क्याम्पसको आयोजनामा काठमाडौँमा जारि टियु बिबिए क्रिकेट कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा केसीएमआईटि र के एण्ड के कलेज विजयी भएका छन्।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौँ कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी ( केसीएमआईटि ) ले पाटन मल्टिपल क्याम्पसलाई ५५ रनले पराजित गर्यो।

केसीएमआईटिले दिएको १५० रनको लक्ष्य पछ्याएको पाटनले ९४ रन मात्र बनायो। केसीएमआईटिका बलर सुबास सापकोटाले ३ तथा अमृत राजले २ विकेट लिए। पहिले ब्याटिंग गरेको केसीएमआईटिको लागि रोयल पन्तले ३० तथा अन्जेश कोइरालाले १८ रन योगदान दिए। पाटनका बलर निरञ्जन गिरिले ३ तथा शितल कुँवरले २ विकेट लिए।

दिनको दोश्रो खेलमा के एण्ड के कलेजले भक्तपुर मल्टिपल क्याम्पसलाई २० रनले पराजित गर्यो। के एण्ड केले दिएको १३९ रनको लक्ष्य पछ्याएको भक्तपुरले १०८ रन मात्र बनायो। ग्रिष्म घिमिरेले ५८ तथा आयुष पौडेलले ३१ रन बनाएता पनि जित्न पर्याप्त रहेन। के एण्ड केका बलर किरण उप्रेती र प्रशान्त चौधरीले ३/३ विकेट लिए।

के एण्ड केको ब्याटिंगमा प्रशान्त चौधरीले ३० तथा फुल्बबू मण्डलले २९ रन बनाएका थिए। भक्तपुरका बलर निरज कुशवाहाले ५ तथा स्मारक बिस्टले २ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy