सनसनीपूर्ण खेल सुपर-ओभरमा जित्दै ‘टियु’ फाइनलमा : युनिभर्सिटी कप

Subash Khakurel

फिचर फोटो : सुबास खकुरेल (टियु)

  • विकेटनेपाल – २ चैत्र, शुक्रवार

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि ‘गोल्डेन गेट युनिभर्सिटी कप क्रिकेट’ प्रतियोगिताको शुक्रवार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै टियु र डीएभी फाइनल प्रवेश गरेका छन्। सेमिफाइनलमा टियुले रोमान्चक खेलमा कस्मसलाई तथा डीएभीले गोल्डेन गेटलाई पराजित गरे। प्रतियोगिताको उपाधिका लागि शनिवार हुने फाइनलमा टियुले डीएभीको सामना गर्नेछ।

पहिलो सेमिफाइनल : सुपरओभरमा टियु बिजयी, सुबास खकुरेल उत्कृस्ट 

दिनको पहिलो खेलमा टियुले कस्मस कलेज माथि सुपर ओभरमा रोमान्चक ८ रनको जित दर्ता गर्न सफल भयो।

टस जित्दै टियुले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको कस्मसले २० ओभरमा ६ विकेट गुमाएर १७० रन जोडेको थियो। उसको इनिंगमा अमित श्रेष्ठले ६० रन (४४ बल, ७ चौका, २ छक्का) र सन्दिप जोराले अविजित ५७ (३० बल, ४ चौका र ४ छक्का) रन जोडेका थिए। टियुको बलिंगमा सागर ढकालले ३ विकेट लिए।

जवाफमा निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिंग गर्दै कस्मसले दिएको १७१ रनको पिछा गरेको टियुले ८ विकेट गुमाएर १७० रन जोड्यो। कुनै समय मात्र २६ रन जोड्न २ विकेट गुमाएको टियुको ब्याटिंगलाई उकास्ने क्रममा म्यान अफ द म्याच सुबास खकुरेलले उत्कृस्ट इनिंग खेले। ५२ बलको सामना गरेका सुबासले ८ चौका र ३ छक्का सहित ७६ रन जोडे। यस्तै कप्तान पृथु बास्कोटाले ३० रन जोडे।

अन्तिम ओभरमा टियुलाई जितको लागि १० रन आवस्यक थियो र बलिंग गर्न आए कस्मसका सन्दिप जोरा।

सुबासले पहिलो २ बल डट खेले जसपछि लगातार २ बल जोराले वाइड फाले। खकुरेलले तेश्रो बललाई छक्का प्रहार गर्दै जितको अन्तर कम गराए। अब टियुलाई जितको लागि मात्र २ रन आवस्यक थियो र बाँकी थियो ३ बल। चौथो बलमा सुबासले डट खेले जसपछि २ बलमा जित्न २ रन चाहियो। पाँचौ बलमा सुबासले १ रन मात्र लिन सके र स्ट्राइक परिवर्तन गरे। अन्तिम बलमा जितको लागि मात्र १ रन आवस्यक थियो र टिमको स्कोर बराबरीमा थियो। सन्दिप जोराको बलमा अन्तिम बलको सामना गरेका सागर ढकालले रन बनाउन सकेनन्। स्टम्पको नजिक बसेर किपिंग गरेका हिमान्सु दत्ताले अन्तिम बल समप्ता रन लिने मौका थिएन र ढकालले क्रिज छोडेनन्। रन लिन क्रिज छोडेका खकुरेल दत्ताको थ्रोमा रन आउट हुन पुगेपछि खेल बराबरी भएको थियो।

कुल ४० ओभरमा जम्मा ३४० रन बनेर १४ विकेट पतन हुँदा समेत खेल बराबरीमा सकिएपछी नतिजा निकाल्न सुपरओभरको सुरुवात भयो।

सुपरओभरमा के भयो

पहिले ब्याटिंग गर्न टियुबाट सोनु तामांग र सुबाश खकुरेल उत्रिए। उनीहरुले सामना गर्दैथिए कस्मसका तिब्र गतिका बलर दिपेश श्रेष्ठको। सुपरओभरमा दिपेशले राम्रो सुरुवात गरे। पहिलो दुईबलमा मात्र ३ रन बन्न सक्यो। तर तेस्रो बलमा सोनु तामांगले छक्का प्रहार गरे र चौथो बलमा दुई रन तथा पाँचौं बलमा १ रन निकाल्न सफल भए। सुपरओभरको अन्तिम बलमा सुबास खकुरेलले अर्को छक्का प्रहार गर्दै टियुको स्कोर १८ रन पुर्याए।

Sonu Tamang
सोनु तामांग

जितका लागि एक ओभरमा १९ रनको बिजय लक्ष्य लिएर कस्मसका कुशल भुर्तेल र सन्दिप जोरा ब्याटिंगमा उत्रिए। टियु बलर इशान पाण्डेको पहिलो बलमा जोराले १ रन लिंदै स्ट्राइक भुर्तेललाई दिए। भुर्तेलले दोश्रो बलमा रन बनाउन सकेनन् र तेश्रो बलमा १ रन लिंदै जोरालाई स्ट्राइक दिए। त्यसपछि इशानले वाइड बल फाले भने त्यसपछिको बलमा जोराले २ रन लिए। पाँचौ बलमा पनि जोराले २ रन लिए। अन्तिम बलमा इशानले नो बल फाले जसलाई जोराले २ रन लिए। त्यसपछि अन्तिम बलमा जित्न ९ रन आवस्यक हुँदा पाण्डेले डट बल गर्दै फाल्दा कुल स्कोर १० रन मात्र बनाएपछि कस्मसले सुपर ओभरमा खेल ८ रनले हार्न पुग्यो।

खेलको स्कोरकार्ड

दोसो सेमिफाइनल : आदिल खानको अलराउन्ड प्रदर्शनमा डीएभीको जित

दिनको दोस्रो सेमीफाइनल खेलमा डीएभीले गोल्डेन गेटमाथि ११ रनको जित दर्ता गर्यो। डीएभीलाई जित दिलाउन यस प्रतियोगितामा उत्कृस्ट लयमा रहेका पुर्व अन्डर-१९ रास्ट्रिय खेलाडी आदील खानले उत्कृस्ट प्रदर्शन गरे।

टस जित्दै पहिले ब्याटिंग गरेको डीएभीले निर्धारित २० ओभरमा अल आउट हुनअघि १२० रन मात्र जोडेको थियो। उसको इनिंगमा आदील खानले सर्वाधिक २७ रन (२५ बल १ चौका र १ छक्का) तथा सुमित महर्जनले २२ रन जोडे। गोल्डेन गेटको बलिंगमा सन्तोष भट्टले ३ र राशिद खानले २ विकेट लिएका थिए।

Man of the match Aadil Khan

जवाफमा १२१ रनको सामान्य विजय लक्ष्यको पिछा गर्न मैदान उत्रिएको गोल्डेन गेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र जोड्न सक्यो र नतिजा ११ रनले डीएभीको पोल्टामा सुम्पिन बाध्य भयो। गोल्डेन गेटको चेजमा नरेश बुढाएरले ३७ र भुपेन्द्र थापाले २७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। डीएभीको बलिंगमा आदील खानले ३ विकेट लिए।

खेलको स्कोरकार्ड 

कुल १६ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैया तथा प्रत्येक खेलको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ बराबरको एक्सटेपको जुत्ता र नेपाल टेलिकमद्वारा १ हजार रुपैया प्राप्त गरिरहेका छन्।

सहभागी टिमहरु- 

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]