इपिएल टि-२० अघि यस्तो देखियो टियु मैदान ( फोटो फिचर )

  • विकेटनेपाल, मङ्सिर-२१

शनिवारबाट राजधानीमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ( इपिएल ) टि-२० क्रिकेट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो १ बजे पारस खड्का कप्तानीको विराटनगर वारियर्स र ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दै छन्।

शुक्रबार इपिएल आयोजक प्रतियोगिताको अन्तिम तयारीमा जुटेको थियो। शनिबार बिहानसम्म प्रतियोगिताको सम्पूर्ण तयारी हुनेछ। उद्घाटन खेल अघि मैदानमा दिपक गायक दिपक बज्राचार्यले गायन प्रस्तुत गर्नेछन्।

टियु मैदानमा आयोजना हुने सम्पूर्ण खेलको लागि टियु मैदानलाई तयार पारिएको छ। सन् २०१६ को संस्करणमा इपिएलको मैदान हरियाली र आकर्षक देखिएझैं यो पटक मैदान भने हरियो देखिएको छैन तर बाहिरी सजावट भने राम्रो देखिएको छ।

यो पटक प्रतियोगिता हेर्न जाने दर्शकहरुको लागि आयोजकले बिशेष ध्यान दिएको आयोजकले बताएको छ। खेलको दौरान दर्शकले एक हातले क्याच गर्न सकेमा ५० हजार रुपैयाँ दिने आयोजकले घोषणा गरेको छ। यस्तै मैदानमा वेलायतबाट आएका ६ जना चियरलिडर्सले मनोरन्जन प्रदान गर्नेछन्।

मैदानमा लाइभ डिजे , खानाको स्टल ब्यबस्था गरिने तथा दर्शकहरुको लागि बिभिन्न मनोरन्जनात्मक क्रियाकलाप समेत गरिने आयोजकले बताएको छ। खेल हेर्न जाने साधारण दर्शकको लागि टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिंदै ५० रुपैयाँ तोकिएको छ। दर्शकहरुले टिकट डिजीपे (DigiPay) को मोबाइल एप्प्लीकेसन/वेबसाईटबाट तथा मैदानमै पुगेर पनि पनि लिन सक्नेछन्।

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

फोटोहरुमा हेर्नुस अन्तिम दिनको तयारी 

( फोटो – सकुश केसी र राजन अधिकारी / विकेटनेपाल )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy