त्रिवि मैदानलाई रात्रीकालीन खेल सञ्चालन गर्न मिल्ने बनाइने

काठमाडौं, जेठ १५ गते । सरकारले आर्थिक बर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा पेश गर्नुभएको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याईएको बजेट अघिल्लो बर्षको भन्दा २८ करोडले कम हो ।

सरकारले खेलकुदको पूर्वाधार निर्माणका लागि ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी अर्थमन्त्री शर्माले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का लागि दुई अर्व नौ करोड रुपियाँ बजेट विनियोजन गर्नुभएको छ । बजेटमा दुई दशकदेखि निर्माणाधिन रहेको मुलपानी क्रिकेट मैदानको आगामी बर्षभित्र निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको ब्यवस्था गरिएको उल्लेख छ ।

यसैगरी बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानलाई रात्रीकालीन खेल सञ्चालन गर्न मिल्ने बनाइने, एक स्थानीय तह एक खेल ग्राम निर्माण, खेलकुदको दिर्घकालीन विकासमा लागि २० बर्षे गुरुयोजनाको निर्माण र कार्यन्वयन, बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण, धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि आवश्यक भौतिक संरचना निर्माण गरिने उल्लेख छ ।

यस्तै बजेटमा खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन, जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युट स्पोर्ट्स सेन्टर स्थापना, खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गरिने, एसियाड र ओलम्पिकमा पदक विजेता खेलाडीलाई तलब भत्ताको ब्यवस्था, महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने पनि उल्लेख गरिएको छ ।

( साभार – गोरखापत्र )





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]