टियुले जित्यो युनिभर्सिटी कपको उपाधि

Tribhuwan University TU Cricket Team
  • विकेटनेपाल, ३ चैत

त्रिभुवन युनिभर्सिटी क्रिकेट टिमले दोश्रो युनिभर्सिटी कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा डीएभीलाई ६ विकेटले पराजित गर्दै टियुले उपाधि सहित २ लाख रुपैयाँ र ट्रफी हात पार्यो भने उपविजेता डीएभीले १ लाख रुपैयाँ र ट्रफीमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी टियुका अलराउण्डर इशान पाण्डे घोषित भए जसले रु. २५ हजार हात पारे। यस्तै प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान डीएभीका आदील खान, उत्कृस्ट बलर टियुका सागर ढकाल तथा उदयमान खेलाडी महेश खत्री घोषित भए जसले १०/१० हजार पुरस्कार पाए। बिजेता खेलाडीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्य प्रायोजक गोल्डेन गेट कलेजका सीईओ रमेश शिलवाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।

आयोजक युनिभर्सिटी क्रिकेट क्लबले समापन समारोहमा त्रिभुवन युनिभर्सिटी क्रिकेट टिमका प्रथम कप्तान दुर्गानाथ सुबेदीलाई नेपाली क्रिकेट र युनिभर्सिटी क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको छ। उनलाई गोल्डेनगेटका सीईओ शिलवालले कदर पत्र प्रदान गरे।

अन्तिम ओभरमा पुग्यो खेल 

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिंग गर्दै डीएभीले दिएको १४२ रनको लक्ष्य टियुले अन्तिम ओभरमा पछ्यायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर रबिन जोशी र इशान पाण्डेले उत्कृस्ट साझेदारी गर्दै १२७ रन बनाएका थिए। जोशी ७१ रनमा आउट भए जसअघि ६ चौका र २ चौका प्रहार गरे। जोशीको विकेटपछि लगातार विकेट गुमाएको टियु १६.२ ओभरमा १२७/१ को अवस्थाबाट १ रन जोड्दा १७.३ ओभरमा १२८/३ को अवस्थामा पुग्यो। सोनु तामांग १ रन र पृथु बास्कोटा खाता नखोली नन्दन यादबको बलमा आउट भए।

त्यसपछि इशान पाण्डेले टिमलाई जित नजिक पुर्याएर व्यक्तिगत ५७ रनमा ( ५१ बल, ८ चौका ) १९ औं ओभरको अन्तिम बलमा आउट हुँदा खेल रोमान्चक बनेको थियो। अन्तिम ओभरमा जितको लागि टियुलाई ६ रन आवस्यक थियो र अन्तिम ओभर बलिंग गर्न आए सुमित झा।

झाले पहिलो बलमा वाइड फाले जसपछि दोश्रो बलमा सुबास खकुरेलले १ रन लिए। बिक्रम सोबले सामना गरेको तेश्रो बलमा लेग बाइको रुपमा १ रन आएपछि अन्तिम ४ बलमा टियुलाई जित्न ३ रन आवस्यक थियो। चौथो बलमा खकुरेलले झाको बललाई स्क्वायर लेगमा चौका प्रहार गर्दै टियुलाई उपाधि दिलाएका थिए। सुबास ७ रनमा अविजित रहे।

डीएभी बलर नन्दन यादब र दिलिप यादबले समान २/२ विकेट लिए।

खेलको स्कोरकार्ड 

डीएभीको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको डीएभीको लागि ओपनर सुधिर चौधरीले ६४ रनको पारि खेले। त्यसक्रममा उनले ४८ बलमा ७ चौका र २ छक्का हिर्काए। तेश्रो विकेटको लागि चौधरीले सन्तोष पौडेलसंग ५५ रनको साझेदारी गर्दै टिमको स्कोर १०० पार गराएका थिए। पौडेल ३५ रन बनाएर आउट भए।

बिबेक राना मगरले अविजित १२ तथा संजय बस्नेतले अविजित १३ रन बनाउदै टिमको स्कोर २० ओभरमा ४ विकेट गुमाएर १४१ रन पुर्याएका थिए। बस्नेतले ४ बलमा १ चूक र १ छक्का हिर्काए।

टियु बलर इशान पाण्डे, सागर ढकाल र रुपेश श्रीवास्तवले समान १/१ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच रबिन जोशी घोषित भए।

सेमीफाइनल खेलमा टियुले कस्मसलाई सुपर ओभरमा पराजित गरेको थियो भने डीएभीले गोल्डेन गेटलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। कुल १६ टिमले सहभागिता जनाएको प्रतियोगिता फाल्गुन २५ गते देखि सुरु भएको थियो।

फोटोहरु :- 

प्रतियोगिताको उत्कृस्ट खेलाडी इशान पाण्डे
फाइनल खेलका म्यान अफ द म्याच रबिन जोशी
उदयमान खेलाडी महेश खत्री
उपविजेता डीएभी टिम
बिजेता त्रिभुवन युनिभर्सिटी

 





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]