टियुलाई सुविधा सम्पन्न बनाउँने सरकारको निर्णय

२०८१ असार ३२, सोमबार २०:००

काठमाडौं । नेपालको सबैभन्दा पुरानो कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासपन्न बनाउँने सरकारले पहिलो निर्णय गरेको छ ।

सोमबार बसेको नवनिर्वाचित सरकारको पहिलो मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसबारे निर्णय गरेको नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।

‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’ उनले लेखेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy