टुट्यो अन्जलीको दुई मध्ये एक विश्वकीर्तिमान

२०७८ भाद्र ११, शुक्रबार ११:५५

नेपालकी महिला राष्ट्रिय क्रिकेटर अन्जली चन्दको रेकर्ड तोड्दै नेदरल्याण्ड महिला क्रिकेटर फ्रेडरिक् ओभरडिज्कले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्वकीर्तिमान बनाएकी छिन्।

दायाँ हाते फास्ट बलर ओभरडिज्कले बिहिबार महिला टि-ट्वान्टी विश्वकपको युरोप छनोट प्रतियोगिता अन्तर्गत फ्रान्स बिरुद्धको खेलमा ७ विकेट लिंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै उत्कृस्ट स्पेल दर्ता गरेकी हुन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेट लिने उनि विश्वकै पहिलो बलर समेत बनिन्। २१ वर्षीय ओभरडिज्कले देशको लागि आठौँ खेल खेल्ने क्रममा अपत्यारिलो लाग्ने बलिंग गरेकी हुन्।

स्पेनको ला मांगा क्लब मैदानमा सम्पन्न खेलमा ४ ओभर बलिंग गर्ने क्रममा ओभरडिज्कले २ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिएकि थिईन्। यस क्रममा उनले ६ वटा विकेट बोल्ड गर्दै तथा एउटा विकेट एलबिडब्लु गर्दै लिईन्। इनिंग्सको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गरकी उनले उक्त ओभरको तेश्रो र चौथो बलमा विकेट लिंदै मेडन ओभर समेत फालिन्। त्यसपछि स्पेल निरन्तरता दिने क्रममा दशौँ ओभरको दोश्रो र तेश्रो बलमा विकेट लिंदै लगातार दोश्रो ओभर मेडन फालिन्। १२ औं ओभरमा उनले दोश्रो, तेश्रो र पान्चु बलमा तिन विकेट हात परिन् भने वाईड बलमार्फत २ रन खर्चिन्। स्पेलको अन्तिम ओभरमा उनले १ रन खर्चिंदा विकेट भने प्राप्त गर्न सकिनन्।


उनको घातक बलिंग मद्दतले नेदरल्याण्डले फ्रान्सलाई ३३ रनमै समेटेको थियो। फ्रान्सको कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने नेदरल्याण्डले दिएको १४ अतिरिक्त रन योगफलमा सर्वाधिक योगदान रहेको थियो। ३४ रनको लक्ष्य १ विकेट गुमाएर नेदरल्याण्डले खेल सहजै जित्यो।

नेपाली अफ स्पिनर अन्जली चन्दले २०१९ डिसेम्बरमा पोखरामा आयोजित साउथ एसियन गेम्स महिला क्रिकेटको माल्दिभ्स बिरुद्धको खेलमा २.१ ओभर बलिंग गर्दा रननै नखर्ची ६ विकेट हात परेकी थिईन्। अन्जलीको उक्त स्पेल ( २.१-२-०-६ ) डेब्यु टि-२० अन्तर्राष्ट्रियमा उत्कृस्ट बलिंग स्पेल हो जुन विश्वकीर्तिमान भने अझै उनको नाममा रहेको छ। अन्जलीको रेकर्ड स्पेलपछि उक्त खेलमा माल्दिभ्स १६ रनमै अल आउट भएपछि १७ रनको लक्ष्य नेपालले ५ बलमै विकेट नगुमाई पुरा गरेको थियो।

महिला टि-ट्वान्टी अन्तर्राष्ट्रियमा पाँचौ उत्कृस्ट बलिंग स्पेलको रेकर्ड पनि नेपालकै नेरी थापाको नाममा छ। नेरीले २०१९ फेब्रुअरीमा थाइल्याण्डमा आयोजित टि-२० विश्वकप एसिया छनोटमा हंगकंग बिरुद्ध ६ विकेट लिएकी थिईन् जुन क्रममा ४ ओभरमा ८ रन मात्र खर्चेकी थिईन्। टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा हालसम्म ८ जना बलरले मात्र ६ वा सो भन्दा बढी विकेट लिन सकेका छन्।

https://www.youtube.com/watch?v=uKLdPnt_bUQ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy