एभरेस्ट प्रिमियर लिग २०२० को टाइटल स्पन्सर ‘टिभीएस’

यही मार्च १४ देखि २८ सम्म काठमाडौँमा आयोजना हुने एभरेस्ट प्रिमियर लिगको मुख्य प्रयोजक जगदम्बा मोटर्सको टिभीएसले गर्ने भएको छ। प्रायोजन पछि यो वर्ष पनि प्रतियोगिता ‘टिभीएस इपिएल’ हुने भएको छ।

बुधबार जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बापतको रकम भने खुलाइएको छैन।

सम्झौता कार्यक्रममा अग्रवालले बताए – ‘हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपुर मद्दत पुर्याउँदै आएको छ । हाम्रो टिभिएसलाई इपिएलसँग आबद्ध गर्न सहमती दिएकामा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं ।

सोही अवसरमा अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिएका छन । साथै अन्तरराष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।

यो पटक इपिएलमा क्रिस गेल, कोरे एण्डरसन, केसरिक विलियम्स, पल स्टर्लिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद जस्ता विदेशी खेलाडीहरु आउने पक्का भैसकेको छ।

इपिएलले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ जस अनुसार उद्घाटन खेलमा मार्च १४ ( चैत १ गते ) साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]