चर्चित ब्यक्तित्वहरुको सन्दिपलाई बधाई, पढ्नुस कसले के भने

  • विकेटनेपाल, १४ माघ- आइतबार 

बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्सको लागि छनौट भएपछि सन्दिप लामिछाने बाहेक सामाजिक संजालमा अरु बिषयको चर्चा बिरलै भएको छ। २० लाख भारतीय रुपैयाँ अर्थात ३२ लाख नेपाली रुपैयाँमा दिल्लीमा अनुबन्धित भएका सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन्। सन्दिपको ऐतिहासिक सफलतामा देश मात्रै झुमेको छैन अन्तर्राष्ट्रिय स्तरमै १७ बर्षिय स्पिनरको चर्चा भएको छ।

सन्दिपको सफलता पछि उनको बधाईमा गरिएको महत्वपूर्ण ट्वीटहरुलाई यो लेखमा समाबेश गरेका छौँ

आईपीएल छनौट भएपछि प्रधानमन्त्री शेर बहादुर देउबाले सन्दिपलाई ट्वीटरमा बधाई दिंदै देशलेनै गर्व गर्ने काम गरेको बताएका छन् र आगामी यात्राको लागि सुभकामना दिएका छन्-

यस्तै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि बधाई दिंदै समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा भएको बताएका छन्-

पुर्व भारतीय क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले अघिल्लो बर्ष अफगानिस्तानको खेलाडी चुनिएकोमा चर्चा भएको र यो पटक नेपालका सन्दिप लामिछानेले त्यस्तै चर्चा पाएको ट्वीट गरेका छन्-

चर्चित भारतीय खेल पत्रकार तथा लेखक बोरिया मजुमदारले सन्दिप लामिछानेको छनौट यो पटक आईपीएलको कथा भएको लेख्दै सन्दिप आईपीएलमा हुनुले आईपीएलको ब्रान्डको लागि फाइदा भएको उल्लेख गरेका छन्-

अस्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्कले सन्दिप छनौट हुनुमा सम्पूर्ण नेपालीहरुले गर्व गर्नुपर्ने लेखेका छन्-

पुर्व रास्ट्रिय क्रिकेटर तथा यु-१९ रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक बिनोद दासले टिम दिल्लीलाई धन्यवाद दिंदै ट्वीट गरेका छन्-

नेपाल क्रिकेट संघका पुर्व सीईओ तथा सन्दिपलाई आईपीएल अक्सनसम्म पुर्याउन समेत महत्वपूर्ण भूमिका निभाएकी भावना घिमिरेले यो ऐतिहासिक समय भएको लेखेकी छिन् –

रास्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्काले क्रिकेट खेलाडीको लागि यो गर्वको समय रहेको लेखेका छन्

स्टार स्पोर्ट्स कमेन्टेटर सुहेल चन्धोकले आईपीएल ब्यक्तिको जीवन परिवर्तन गर्न जानिएको र यो बिश्वकै खेल भएको बताएका छन्। यस्तै उनले दिल्ली प्रशिक्षक रिकी पोंटिंग र न्युजिल्याण्ड पुर्व कप्तान ड्यानियल भिटोरीसंग कुरा गर्दा सन्दिप आईपीएलको हेर्न लायक खेलाडी हुने बताएको समेत लेखेका छन्-

चर्चित फिल्म निर्देशक निश्चल बस्नेतले पनि सन्दिपलाई बधाई दिएका छन्-

इन्डियन प्रिमियर लिग आईपीएलले समेत आफ्नो ट्वीट गर्दै आईपीएलमा नेपाललाई स्वागत छ लेखेको छ-

चर्चित पत्रकार तथा अन्तर्वार्ताकार विजय कुमार पाण्डेले


गायक प्रमोद खरेल

नायिका केकी अधिकारी

हंगकंग क्रिकेट टिम प्रशिक्षक स्कट म्याककसिन

 शरद भेसावकर 

दिल्ली डेयर डेभिल्स

सन्दिप लामिछानेले ट्वीट गर्दै आफुलाई अत्यन्त खुसि लागेको र यो यात्रासम्म सघाउने सबैलाई धन्यवाद दिएका छन् –





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]