नेपाली टिममा २ अन्तरास्ट्रिय क्रिकेटर ( टु-एक्स क्रिकेट युएसए )

दक्षिण अफ्रिका र वेस्ट इन्डिज क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका खेलाडी रस्टि थेरोन र शन फिंडले नेपाली राइनोज क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै टु एक्स क्रिकेट युएसए कप २०१६ खेल्ने भएका छन् l

अमेरिकाको टेक्ससको मुसा क्रिकेट स्टेडियममा आज राति ९:४५ बजे बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा पारस खड्काको कप्तानीमा दुई अन्तरास्ट्रिय क्रिकेटर खेल्न लागेका हुन् l नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल मोन्टगोमेरी स्पोर्ट्स म्यानेजमेन्ट इंग्ल्यान्ड संग खेल्नेछ l एमएसएम. इंग्ल्यान्ड टिममा पुर्ब पाकिस्तान क्रिकेटर अब्दुल रज्जाक खेल्नेछन् l

तिब्र गति बलर रस्टि थेरोनले दक्षिण दक्षिण अफ्रीकाको लागि ४ वटा एकदिवसीय तथा ९ टि-२० अन्तरास्ट्रिय खेलीसकेका छन् भने आईपीएलमा पन्जाब, डेक्कन चार्जर र राजस्थानको प्रतिनिधित्व गरिसकेका छन् l हाल घरेलु टि-२० लिगहरुमा ब्यस्त 136789-1थेरोनले अन्तिम पटक २०१२ मा भारत बिरुद्ध टि-२० अन्तरास्ट्रिय खेलेका थिए l download

यस्तै वेस्ट इन्डिजको लागि ९ वटा एकदिवसीय र २ वटा टि-२० अन्तरास्ट्रिय खेलेका शन फिंडले पनि नेपाली टिम बाट खेल्ने छन् l ३२ बर्षीय देब्रे हात ब्याट्सम्यान फिंडले अन्तिम पटक २००९ मा न्युजिल्यान्ड संग एकदिवसीय अन्तरास्ट्रिय खेलेका थिए l

नेपाली राइनोज क्रिकेट क्लब टिमको कप्तानी पारस खड्काले गर्ने छन् l शरद भेसावकर, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल, सिद्धान्त लोहनी, बसन्त रेग्मी, सोमपाल कामि, पृथु बास्कोटा टिममा छन् l  यस्तै १५ सदस्यीय नेपाली टिममा बरदान चालिसे, सागर पन्त, रबि थापा, दिपेन श्रेष्ठ, राकेश कर्ण छन् l बरदान चालिसे र सागर पन्त पुर्ब यु-१९ नेपाली रास्ट्रिय क्रिकेटर हुन् l यस्तै दिपेन श्रेष्ठ पुर्ब यु-१७ तथा यु-१५ रास्ट्रिय क्रिकेटर हुन् भने रबि थापा पनि यु-१५ रास्ट्रिय क्रिकेटर हुन् l राकेश कर्ण पनि रास्ट्रिय स्तरको क्रिकेटर रहेसकेका छन् l

प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालको समुहमा एमएसएम. इंग्ल्यान्ड, युएई फाल्कोन्स र समरसेट कभालियर्स रहेका छन् l यस्तै समुह ‘बि’ मा पाकिस्तान फर्स्ट , स्मार्ट चोईस स्पोर्ट्स क्लब, अन्डरडग, हस्टन स्पार्कस रहेका छन् l

प्रतियोगितामा पाकिस्तानी स्टार खेलाडीहरु सईद अजमल, कामरान अकमल, असद अलि, फवाद खान, राना नाबेद उल हसन, वेस्ट इन्डिज क्रिकेटर रिकार्डो पावेल युएई क्रिकेट टिम कप्तान खुर्रम खान सहित युएई टिम बिभिन्न टिममा सहभागी हुने छन् l वेस्ट इन्डिज, इंग्ल्यान्ड, भारतका समेत स्तरीय क्रिकेटरहरु प्रतियोगिताको बिभिन्न क्लब बाट खेल्ने छन् l

नेपालको पहिलो खेलको अपडेट यो लिंकमा जानुहोला अथवा विकेटनेपाल फेसबुक पेज लाइक गर्नुहोला

प्रतियोगितामा नेपाली राइनोजको खेल तालिका

९ नोभेम्बर : एमएसएम. इंग्ल्यान्ड vs नेपाली राइनोज
१० नोभेम्बर : नेपाली राइनोज vs युएई फाल्कोन्स
११ नोभेम्बर : नेपाली रानोज vs समरसेट कभालियर्स

१२ नोभेम्बर सेमीफाईनल १ : ( ग्रुप ‘ए’ बिजेता vs ग्रुप ‘बि’ उपविजेता )
१२ नोभेम्बर सेमीफाईनल २ : ( ग्रुप ‘बि’ बिजेता vs ग्रुप ‘ए’ उपविजेता )

१३ नोभेम्बर : फाइनल

यो पनि पढ्नुस :- 

अमेरिकामा पारस खड्का सहित ८ नेपाली क्रिकेटर

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy