अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको छ।

ग्रासरुट कार्यक्रम अन्तर्गत कोशी प्रदेशभरिका ६ वटा नगरपालिकाका टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताको संयोजक पूर्व राष्ट्रिय क्रिकेटर तथा यु-१६ राष्ट्रिय टिमको प्रशिक्षक समेत रहीसकेका लाक्पा लामा रहेका छन्।

मेचीनगर खेलकुद विकास समितिले क्रिकेट विकासका लागि गर्न लागेको यो प्रतियोगिताले नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गरिएको छ। संयोजक लामाले विगतमा पनि मेचीनगरबाटै यू-१७ प्रतियोगिताहरूबाट आफूसहित मनोज कटवाल, सन्नी पुन, सुनिल बिस्ट जस्ता उमेर समुहका तथा राष्ट्रिय खेलाडीहरू उत्पादन भएको स्मरण गर्दै यस प्रतियोगिताले पनि त्यस्तै नयाँ प्रतिभाहरु उत्पादन गर्ने अपेक्षा राखेको बताए।

खेल तालिका र सहभागी टोलीहरू

सहभागी टोलीहरू र समूह विभाजन:

समूह ‘ए’

  • मेचीनगर नगरपालिका (झापा)
  • इलाम नगरपालिका (इलाम)
  • बेलबारी नगरपालिका (मोरङ)

समूह ‘बी’

  • विराटनगर महानगरपालिका (मोरङ)
  • इनरुवा नगरपालिका (सुनसरी)
  • दमक नगरपालिका (झापा)

खेल तालिका:

📍 स्थान: काकरभिट्टा खेल मैदान

  • असार ५ गते, २०८२
    • ११:०० बिहान: इलाम भर्सेस बेलबारी
  • असार ६ गते, २०८२
    • ०८:३० बिहान: इलाम भर्सेस मेचीनगर
    • ०१:३० दिउँसो: विराटनगर भर्सेस इनरुवा
  • असार ७ गते, २०८२
    • ०८:३० बिहान: इनरुवा भर्सेस दमक
    • ०१:३० दिउँसो: मेचीनगर भर्सेस बेलबारी
  • असार ८ गते, २०८२
    • ०१:३० दिउँसो: दमक भर्सेस विराटनगर
  • असार ९ गते, २०८२
    • फाइनल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy