यु-१६ क्रिकेटमा नागार्जुन स्कूल विजयी

२०७९ चैत्र ४, शनिबार २०:३६

कंचनपुर जिल्ला क्रीकेट संघको आयोजनामा आईतबारदेखी महेन्द्रनगरमा सुरु भएको यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको उपाधी श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल तिलाचौरले आफ्नो नाममा गरेको छ ।

नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल तिलाचौरले फाइनलमा ब्रमदेव चिल्ड्रेन स्कुल ब्रमदेवलाई ४६ रनले पराजित गरेको हो ।

टस जितेर नागार्जुन इङ्गलिस बोर्डिङ स्कुलले ब्याटिङको निर्णय गरेको थियो ।  निर्धारित २५ ओवरमा उसले ९  विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो । जवाबी ब्याटिङ्मा उत्रेको ब्रमदेवले आफ्नो सम्पूर्ण विकेट गुमाइ ४६ रनले पराजित भएको हो ।

प्लेयर अफ द म्याच नागार्जुनका दिपक बिष्ट भए। खेलमा नबिना रावल ले ४० रन प्रहार गरे । उपाधि सहित श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुलले २५ हजार नगद सहित ट्रफि प्राप्त गरेको छ । उपविजेता ब्रमदेवले रु १५ हजार नगद सहित ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy