यु-१६ क्रिकेटमा नागार्जुन स्कूल विजयी

कंचनपुर जिल्ला क्रीकेट संघको आयोजनामा आईतबारदेखी महेन्द्रनगरमा सुरु भएको यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको उपाधी श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल तिलाचौरले आफ्नो नाममा गरेको छ ।

नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल तिलाचौरले फाइनलमा ब्रमदेव चिल्ड्रेन स्कुल ब्रमदेवलाई ४६ रनले पराजित गरेको हो ।

टस जितेर नागार्जुन इङ्गलिस बोर्डिङ स्कुलले ब्याटिङको निर्णय गरेको थियो ।  निर्धारित २५ ओवरमा उसले ९  विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो । जवाबी ब्याटिङ्मा उत्रेको ब्रमदेवले आफ्नो सम्पूर्ण विकेट गुमाइ ४६ रनले पराजित भएको हो ।

प्लेयर अफ द म्याच नागार्जुनका दिपक बिष्ट भए। खेलमा नबिना रावल ले ४० रन प्रहार गरे । उपाधि सहित श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुलले २५ हजार नगद सहित ट्रफि प्राप्त गरेको छ । उपविजेता ब्रमदेवले रु १५ हजार नगद सहित ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]