डीएभी र अपि स्कुल क्वार्टरफाइनलमा

२०८२ बैशाख २५, बिहीबार १९:३९

डीएभी स्कुल र अपि स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज बिहिबार सम्पन्न चारवटा खेलहरुमा रेडियन्ट रिडर्स एकेडेमी, अक्षरा स्कुल, क्रिएटिभ स्कुल र एन्जल्स हार्ट नेसनल स्कुल विजयी भएका छन्।

समुह ‘ई’ को खेलहरु समाप्त भए संगै डीएभी सुशील केडीया विश्व भारती स्कुल ‘ए’ समुह विजेताको रुपमा क्वार्टरफाइनल पुगेको हो। यस्तै समुह ‘एफ’ को खेल समाप्त हुँदा समुह विजेताको रुपमा अपि स्कुल क्वार्टरफाइनल प्रवेश गरेको छ। यस अघिनै समुह ‘ए’ र ‘बि’ बाट समुह विजेताको रुपमा सैनिक आवासीय महाविद्यालय र मोक्षदा स्कुल क्वार्टरफाइनल प्रवेश गरिसकेका छन्। शुक्रबार हुने समुह चरणको अन्तिम दिनको खेलले क्वार्टरफाइनल पुग्ने अन्य ४ टिम तय हुनेछ।

आजको पहिलो खेलमा समुह ‘सी’ अन्तर्गत रेडीयन्ट रिडर्स एकेडेमीले संस्कृति इन्टरनेसनल स्कुललाई ९ विकेटले पराजित गर्यो। ८१ रनको लक्ष्य रेडियन्टले १२. ४ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित भएका रेडीयन्टका शुभम कुमार रजकले ४ विकेट लिए।

आजको दोश्रो खेलमा समुह ‘ई’ अन्तर्गत अक्षरा स्कुलले पिक पोइन्ट एकेडेमीलाई १४४ रनको विशाल अन्तरले पराजित गर्यो। १८७ रनको लक्ष्य पाएको पिक पोइन्टले ४२ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित अक्षराका आयान पोखरेलले २ विकेट लिनुको साथै १६ रन पनि बनाए।

आजको तेश्रो खेलमा समुह ‘ए’ अन्तर्गत क्रियटिभ स्कुलले नेक्सस इन्टरनेसनल एकेडेमीलाई ७१ रनले पराजित गर्यो। १४३ रनको लक्ष्य पछ्याएको नेक्ससले ७१ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित सुलभ न्यौपानेले ३ विकेट लिनुको साथै ११ रन पनि बनाए।

आजको चौंथो खेलमा समुह ‘जी’ अन्तर्गत एन्जल्स हार्ट नेसनल स्कुलले गेटवे एकेडेमीलाई ३२ रनले पराजित गर्यो। १११ रनको लक्ष्य पाएको गेटवेले ७८ रन मात्र बनायो। एन्जल्सको जितमा प्लेयर अफ द म्याच सन्दिप साउदले ४९ रन बनाउनुको साथै ५ विकेट पनि लिए।

काठमाडौं जिल्ला क्रिकेट संघले आयोजना गरको प्रतियोगिता एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि छनोट प्रतियोगिताको लागि समेत लिईएको छ। प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy