विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गर्यो । नेपालले पहिलो खेलमा बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।

अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको थियो ।

कप्तान पुजाले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए ।

कुवेत लगातार दोस्रो खेलमा पराजित भएको छ। कुवेत पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हारेको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

तेस्रो खेलमा कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।

छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।





थप समाचार

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँमा जारि नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को […]

एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ। दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा […]

एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले […]

एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ। […]

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]