यु-१९ विश्वकप : रोमान्चक खेलमा श्रीलंकालाई हराउदै अफगानिस्तान सेमीफाइनलमा

२०७८ माघ १४, शुक्रबार ११:०६

लो-स्कोरिंग क्वार्टरफाइनलमा श्रीलंकालाई ४ रनले पराजित गर्दै अफगानिस्तान अन्डर-१९ विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ। सेमीफाइनलमा अफगानिस्तानले इंग्ल्यान्डसंग भेट पक्का गरेको छ। इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई पराजित गर्दै सेमीफाइनामा स्थान पक्का गरेको हो।

वेस्टइन्डिजको एन्टीगुवामा सम्पन्न खेलमा अफगानिस्तानले दिएको १३५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभरमा १३० रनमा सम्पूर्ण विकेट गुमायो। श्रीलंकाको लागि दुनिथ वेलालागेले सर्वाधिक ३४, रभीन डी सिल्भाले २१ तथा चमिनु विक्रमासिंघेले १६ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले मात्र ४३ रन बनाउदा ७ विकेट गुमाउन पुग्यो। आठौँ विकेटको लागि कप्तान दुनिथ वेलालागे र रभीन डी सिल्भाले ६९ रनको साझेदारी गरे। ४१ औं ओभरमा वेलालागे तथा ४२ औं ओभरमा डी सिल्भा पेभेलियन फर्किए। एक विकेट बाँकी हुँदा श्रीलंकालाई जित्न १९ रन आवस्यक थियो। दशौँ विकेटको लागि भिनुजा रनपाल र त्रिभिन म्याथुले १४ रनको साझेदारी गरेपछि म्याथु रन आउट हुन पुगे र अफगानिस्तानले रोमान्चक जित दर्ता गर्यो।

अफगानिस्तान बलर बिलाल शामीले दुई विकेट लिंदा नभिन जद्रान नुर एहमद इज्राउलहक नभिद र नंगेयालिया खराओटेले समान एक विकेट लिए। चार श्रीलंकन ब्याट्सम्यान रन आउट भए।

टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले ४७.१ ओभरमा १३४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि अब्दुल हादीले सर्वाधिक ३७, नुर एहमदले ३० तथा अल्लाह नुरले २५ रन योगदान दिए। २६ रनमा ४ विकेट गुमाएको अवस्थामा नुर र हादीले ४७ रनको साझेदारी गरे। सातौं विकेटको लागि एहमद र हादीले ४८ रन जोडे।

श्रीलंकाको बलिंगमा भिनुजा रनपालले पाँच विकेट ( ९.१-३-१०-५ ) तथा दुनिथ वेलालागेले तिन विकेट ( १०-०-३६-३ ) लिए।

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनलमा पाकिस्तान र अस्ट्रेलिया शुक्रबार प्रतिस्पर्धा गर्दैछन्। यस्तै चौंथो क्वार्टरफाइनलमा भारत र बंगलादेश शनिवार प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy