यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय ५३ रनको विजयी लक्ष्य विकेट गुमाएर पूरा गरेको हो।

पाकिस्तानले सहज जित हासिल गर्ने क्रममा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले। पाकिस्तानका लागि अजन अवाइसले ५६ रनको अविजित इनिङ खेल्दा कप्तान सादा बाइगले ५० रनको इनिङ खेलेका थिए। त्यस्तकै मोहम्मद जेसन २० रनमा अविजित रहे। १ रनमानै पहिलो विकेट गुमाएपनि त्यसको मूल्य भने पाकिस्तानले चुकाउनु परेन। नेपालका लागि गुल्सन झाले दुई विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। नेपालका लागि केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाएका थिए।

Uttam Thapa Magar

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमाएपनि त्यसपछि उत्तम थापा मगर र दिपेश कँडेलले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई केही समालेका थिए। कँडेल ५९ बलमा ३१ रन बनाएर आउट हुँदा मगरले भने अर्धशतकीय इनिङ खेले। उनले ७६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रूपमा ओपनर अर्जुन कुमालको २१ रन रह्यो।

पाकिस्तानका लागि मोहम्मद जेसनले ५ विकेट लिँदा अमिर हसनले २ तथा उबाइड साहले १ तथा अलि अस्फान्दले १ विकेट लिएका थिए। त्यसअघि नेपालका आशा गरिएका सुरुवाती क्रमले भने निराशाजनक प्रदर्शन गरेका थिए। तिलक भण्डारी, आकाश त्रिपाठी, कप्तान देव खनाल, गुल्सन झा लगायतका खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल अफगानिस्तानसंग डिसेम्बर १० तारिखमा तथा भारतसंग डिसेम्बर १२ तारिखमा खेल्ने तालिका छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]