यु-१९ एसिया कप : दोश्रो खेलमा नेपाल बंगलादेशसंग खेल्दै

एसीसी अन्डर-१९ एसिया कप अन्तर्गत नेपालले दोश्रो खेलमा आइतबार  बंगलादेशको सामना गर्दैछ।

पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासंग पराजित भएपछि नेपाली टिमलाई सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्नको लागि बंगलादेशलाई पराजित गर्नुपर्नेछ। बंगलादेशलाई पराजित गरेको खण्डमा अन्तिम खेलमा युएईलाई नेपालले पराजित गरे नेपाल सेमीफाईनल पुग्ने सम्भावना रहन्छ। श्रीलंकासंग ५ विकेटले पराजित हुने क्रममा नेपालले दिएको १५९ रनको लक्ष्य घरेलु टिमले ५ विकेट गुमाएर पुरा गर्यो।

बंगलादेश बिरुद्ध आइतबारको खेल नेपाली समय ९:४५ बजे बिहान सुरु हुनेछ। खेल पी सारा ओभल मैदानमा खेलिनेछ।

२ वर्ष अघि बंगलादेशलाई नेपालले पराजित गरेको थियो

बंगलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरिसकेको छ र नेपाललाई पराजित गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ। भोलिनै हुने समुह ‘बि’ अन्तर्गतकै श्रीलंका र युएई बीचको खेलमा श्रीलंकाले जित हात पारे श्रीलंका पनि सेमीफाइनल प्रवेश गर्नेछ।

बंगलादेशसंग पछिल्लो भेट 

नेपालले बंगलादेशसंग पछिल्लो पटक २०१७ मा मलेसियामा आयोजित यु-१९ एसिया कपमा प्रतिस्पर्धा गेरको थियो। प्रतिस्पर्धात्मक खेलमा बंगलादेश २ विकेटले विजयी भएको थियो। पहिले ब्याटिंग गर्दै नेपालले दिएको १६८ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर पुरा गरेको थियो। उक्त खेलमा वर्तमान टिममा रहेका रोहित पौडेलले ४० तथा भिम शार्कीले ४४ रन बनाएका थिए। बलिंगमा कमल ऐरी र सन्दिप लामिछानेले २/२ विकेट लिएका थिए।

२०१७ यु-१९ एसिया कप अघि नेपालले बंगलादेशमा ३ वटा एकदिवसीयको सिरिज खेलेको थियो। सिरिजमा २-१ ले पराजित भएता पनि नेपालले तेश्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो। 

आसिफ शेखले उत्कृस्ट ब्याटिंग गर्दा नेपालले २०१७ मा बंगलादेशलाई पराजित गरेको थियो

बंगलादेशले दिएको २२६ रनको लक्ष्य नेपालले ४ विकेट मात्र गुमाएर पुरा गरेको थियो। जितमा आसिफ शेखले सर्वाधिक ९० तथा जितेन्द्र ठकुरीले ४५ रन बनाएका थिए भने बलिंगमा शाहब आलमले ३ विकेट लिएका थिए। त्यस अघि २ वटा खेलमा भने नेपाल क्रमश ३ विकेट१२३ रनले पराजित भएको थियो।

नेपालले सुधार्नु पर्ने पक्ष 

पहिलो खेलमा नेपाल श्रीलंकासंग ५ विकेटले पराजित हुने क्रममा नेपालको ब्याटिंग चल्न सकेको थिएन। रिट गौतमले ५४ र कप्तान रोहित पौडेलए ४७ रन बनाए पनि नेपाली ब्याट्सम्यानहरुले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्। रोहितले ८० बलमा १ चौका तथा रितले ८५ बलमा ४ चौका प्रहार गरे।

रोहित र रित बाहेक अन्य ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन् भने रोहित र रितको ९१ रनको साझेदारी बाहेक ठुलो साझेदारी नेपालले गर्न सकेन। एक समय ११५/३ को अवस्थाबाट नेपालले बाँकी ७ विकेट मात्र ४४ रन जोड्दा गुमाउन पुगेको थियो।

श्रीलंकासंग नेपालको ब्याटिंग फितलो देखिएको थियो

बंगलादेशलाई पराजित गर्ने हो भने नेपालले जिम्मेवारी पुर्वक ब्याटिंग गर्नु पर्नेछ भने तल्लो क्रमले रन बनाउनु पर्नेछ। श्रीलंका बिरुद्ध नेपाली तल्लो मध्य क्रमले रन बनाउन सकेको भए खेलको नतिजा अर्को हुन सक्थ्यो। सुरुवाती विकेट चाडै गुमाउनु पनि नेपाली ब्याट्सम्यान दबाबमा हुनुको कारण थियो।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]