U19 Asia Cup : प्रान्तिकको शतक, बंगलादेशद्वारा नेपाललाई कठिन लक्ष्य

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ।

शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा २९७ रन बनाउदै नेपाललै २९८ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

बंगलादेशको ब्याटिंगमा मोहम्मद प्रान्तिक नवरोजले सर्वाधिक १२७ रन बनाए जुन क्रममा ११२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। मोहम्मद फहिमले ५८, ऐच मोल्लाहले २२, इफ्तिखार होसेन र मेहरोब हसनले समान २१ तथा मोहम्मद महफिजुल इश्लाम ले १७ रन बनाए। १०५ रनमा ३ विकेट गुमाएको अवस्थामा प्रान्तिक र फहीमले ११७ रनको साझेदारी गरे। फहीम अर्धशतक पुरा गरेर रिटायर्ड हर्ट भए जसपछि प्रान्तिक र मेहेरोब हसनले ६२ रनको साझेदारी गरे।

नेपालको बलिंगमा गुलसन झा ( १०-०-६०-१ ) , तिलक राज भण्डारी ( ६-०-३१-१ ) र आदील अन्सारी ( ७-०-४३-१ ) ले समान एक विकेट लिए। दुर्गेश गुप्त ( ९-०-५९-० ) , बसिर एहमद ( ८-०-३६-० ) र देभ खनाल ( ७-१-३०-० ) विकेटविहिन रहे।

८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘बि’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने तालिका छ। समुह चरणमा तिन वटा खेल पछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]