U19 Asia Cup : प्रान्तिकको शतक, बंगलादेशद्वारा नेपाललाई कठिन लक्ष्य

२०७८ पुष ९, शुक्रबार १५:१५

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ।

शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा २९७ रन बनाउदै नेपाललै २९८ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

बंगलादेशको ब्याटिंगमा मोहम्मद प्रान्तिक नवरोजले सर्वाधिक १२७ रन बनाए जुन क्रममा ११२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। मोहम्मद फहिमले ५८, ऐच मोल्लाहले २२, इफ्तिखार होसेन र मेहरोब हसनले समान २१ तथा मोहम्मद महफिजुल इश्लाम ले १७ रन बनाए। १०५ रनमा ३ विकेट गुमाएको अवस्थामा प्रान्तिक र फहीमले ११७ रनको साझेदारी गरे। फहीम अर्धशतक पुरा गरेर रिटायर्ड हर्ट भए जसपछि प्रान्तिक र मेहेरोब हसनले ६२ रनको साझेदारी गरे।

नेपालको बलिंगमा गुलसन झा ( १०-०-६०-१ ) , तिलक राज भण्डारी ( ६-०-३१-१ ) र आदील अन्सारी ( ७-०-४३-१ ) ले समान एक विकेट लिए। दुर्गेश गुप्त ( ९-०-५९-० ) , बसिर एहमद ( ८-०-३६-० ) र देभ खनाल ( ७-१-३०-० ) विकेटविहिन रहे।

८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘बि’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने तालिका छ। समुह चरणमा तिन वटा खेल पछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy