युथ एसिया कप : नेपालको दोश्रो खेलमा अफगानिस्तान खेल्दै

Nepal U19 Cricket Team
  • विकेटनेपाल – १३ असोज, शनिवार

बंगलादेशमा जारि उन्नाईस बर्ष मुनिको एसिया कप क्रिकेट २०१८ अन्तर्गत नेपालले समुह चरणको आफ्नो दोस्रो खेलमा साविकको बिजेता अफगानिस्तान यु-१९ को सामना गर्नेछ।

आफ्नो पहिलो खेलमा भारतसंग पराजित बनेपछि नेपाली युवा टोलीलाई दोस्रो चरण प्रवेशको आशा जीवित राख्न खेल जित्नु पर्ने दवाव रहेको छ।

शनिवारबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले हार बेहोर्दा संगैको अफगानिस्तानले युएईलाई सहजै पराजित गर्यो।पछिल्लो संस्करणको प्रतियोगितामा  टोलीमा मुजिब उर् रहमानको उपस्थितिले अफगान टोलि निक्कै मजबुत देखिएको थियो। उनै मुजिबको बलिंगमा अफगानिस्तानले नेपाल माथि सेमिफाइनलमा सहज जित समेत दर्ता गरेको थियो। यसपटक टोलीमा मुजिब नरहेपनि टोलीमा रहेका अर्का प्रतिभाशाली बलर क्वैस अहमदले मुजिबको अभाव खड्किन नदिने संकेत पहिलो खेलबाटनै देखाएका छन्।

केहि साताअघि मात्र भारतमा सम्पन यु-१९ एक दिवसिय चौकोणत्मक शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै टेस्ट रास्ट्रलाई समेत टक्कर दिनसक्ने क्षमता आफुमा रहेको बताएको छ।

खेल हुने मिति : अक्टोबर १ , सुरु हुने समय :  ८:४५ बजे बिहान ( नेपाली समय )
लाइभ कहाँ हेर्ने ?  भिडियो लाइभ हुने जानकारी छैन , स्कोर अपडेट विकेटनेपालमा हेर्नुहोला

नेपालको समुह मा को को छ ?  समुह ‘ए’ – नेपाल , भारत , अफगानिस्तान र युएई , ‘बि’ श्रीलंका, बंगलादेश, पाकिस्तान र हंगकंग
नेपालले कहिले को संग खेल्दै छ ? अक्टोबर १  – अफगानिस्तानसंग , अक्टोबर २ – युएईसंग

प्रतियोगिताको फर्म्याट कस्तो हो ?  ५० ओभरको खेल हुनेछ। सहभागी ८ टिमलाई २ वटा समुहमा बिभिजन गरिएको छ। समुह चरणमा एक-अर्का संग सबैले सबैसंग १/१ खेल्नेछन्। समुह चरणमा सबै टिमले ३/३ वटा खेल खेलेपछि अंकतालिकामा दुवै समुहबाट उत्कृस्ट-२ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालको टिममा को को छन् ? 

आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग , मुख्य प्रशिक्षक – बिनोद दास , सहायक प्रशिक्षक – मनोज कटुवाल , टिम ब्यबस्थापक – शक्ति  गौचन, फिजियो – बिक्रम न्यौपाने

टिममा कसको भूमिका के हो ?

ब्याट्सम्यान – आसिफ शेख, रोहित  पौडेल,रभी शाह , रित  गौतम, रबिन्द्र जंग शाही, भिम शार्की, तृत राज दास, अरुण ऐरि
अलराउण्डर – पवन सर्राफ, सन्दिप जोरा
स्पिनर – सागर ढकाल,सुर्य तामांग , पेसर – कमल सिंह ऐरि, नन्दन यादब, राशिद खान

प्रतियोगितामा नेपालको इतिहास कस्तो छ ? 

सन् २०१२ –  पहिलो चरणबाट बाहिर ( पाकिस्तान र भारतसंग पराजित, मलेसियासंग जित )
सन् २०१४ – पहिलो चरणबाट बाहिर ( पाकिस्तान र भारतसंग पराजित, युएईसंग जित )
सन् २०१६ – पहिलो चरणबाट बाहिर ( श्रीलंका र भारतसंग पराजित, मलेसियासंग जित )
सन् २०१७ – सेमीफाइनल ( समुह चरणमा भारत र मलेसिया संग जित, बंगलादेशसंग पराजित, सेमीफाइनलमा अफगानिस्तानसंग पराजित )

नेपालको तयारी कस्तो छ ? 

प्रतियोगिताको लागि नेपालले आफ्नो टिममा पहिले यु-१९ र यु-१६ टिमको लागि खेलेका तथा ट्यालेन्ट हन्ट गर्दै छानेको थियो। त्यसपछि १ हफ्ता प्रशिक्षण घरमा गर्दै नेपालले भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनउमा भारत यु-१९ ‘ए’ र ‘बि’ टिम तथा अफगानिस्तान यु-१९ सहभागी सिरिज खेल्यो। सिरिजमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो भने अन्य खेलहरुमा पराजित भए पनि बलिङ्ग राम्रो गर्यो र ब्याटिंगमा पनि प्रत्येक खेलमा नयाँ ब्याट्सम्यानहरुले राम्रो ब्याटिंग गरे। भारतबाट फर्किएपछि नेपालले पुनः १ हफ्ता प्रशिक्षण गर्यो जसमा नेपाल नेटमा भन्दा म्याच खेल्नमा धेरै केन्द्रित थियो।

नेपालको सम्भावना कति ?

प्रतियोगिताको पहिलो खेलमा उपाधी दाबेदारको रुपमा हेरिएको भारतसँग फराकिलो अन्तरले पराजित नेपाल दोश्रो खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानको सामना गर्दैछ। नेपाललाई दोश्रो चरणमा पुग्नको लागि अफगानिस्तान र युएई दुवैलाई पराजित गर्नैपर्ने हुन्छ। अफगानिस्तान अघिल्लो संस्करणको बिजेता समेत रहेको थियो, तर अघिल्लो संस्करणमा सबैको टाउको दुखाई बनेका मुजीब उर् रहमान    यसपाली टिममा नरहनु बिपक्षी टिमको लागि पक्कै पनि फाइदाजनक हुने देखिन्छ। अफगानिस्तानको टिम अघिल्लो पल्टको जस्तो बलियो नरहेको सहजै अनुमान लगाउन सकिन्छ तर क्रिकेट अनिश्चितताको खेल हो भन्ने पनि गरिन्छ।

यस प्रतियोगितालाई लक्षित गरेर भारतमा आयोजित चौकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएपनि त्यो भन्दा अगाडी समूह चरणमा भएको खेलमा नेपाल अफगानिस्तानलाई पराजित गर्न सफल भएको थियो। तुलनात्मक रुपमा पहिले भन्दा कमजोर मानिएको अफगानिस्तानको अगाडी नेपालले आफ्नो सम्पूर्ण प्रयासहरु गरेर अगाडी बढेको खण्डमा जित निस्कन सक्ने अनुमान गर्न सकिन्छ, यद्यपि अफगानिस्तानलाई कमजोर आक्न भने सकिंदैन।

नेपालको बलियो पक्ष के हो ? 

पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान बिनोद दास जो स्वयम् फास्ट बलर थिए उनका अनुसार बलिङ्ग नेपालको बलियो पक्ष हो। कमल सिंह ऐरि , रासिद खान र नन्दन यादब जो २०१६ देखि यु-१९ टिमको हिस्सा रहेका छन् उनीहरुसंग अनुभब र अनुसासन दुवै छ।

अर्कोतर्फ स्पिन बलिङ्गमा देब्रे हाते स्पिनर सागर ढकाल र सुर्य तामांग र अफ स्पिनर पवन सर्राफ परिपक्व बलर हुन्। सागर र पवनले भारत सिरिजमा राम्रो प्रदर्शन गरेका थिए भने सुर्यले अघिल्लो खेलमा खराब प्रदर्शन गरेपनि यु-१६ टिमको लागि गत बर्ष एसीसी यु-१६ मा शानदार बलिङ्ग गरेका थिए र एकै खेलबाट खेलाडीको प्रदर्शनलाई मूल्यांकन गर्न सकिँदैन।

Sagar Dhakal
Sagar Dhakal

ब्याटिंगको कुरा गर्दा आसिफ शेख र रोहित पौडेल जसले राष्ट्रिय टिमको लागि खेलीसकेका छन् उनीहरुको उपस्थिति यु-१९ टिममा छ। आसिफको फर्म नेपालको चिन्ता रहेको छ तर भारत टुरमा राम्रो प्रदर्शन गरेका तृत राज दास, सन्दिप जोरा , भिम शार्की , पवन सर्राफको उपस्थितिले ब्याटिंग पनि कमजोर छैन भन्ने आभास दिन्छ।

समग्रमा हेर्दा नेपाली टोलि सन्तुलित छ र रोहित, आसिफ, पवन, सन्दिप , भिम, कमल, रासिद जस्ता ठुलो स्तरमा यस अघिनै खेलीसकेका खेलाडीहरुको उपस्थितिले नेपालको सेमीफाइनल पुग्ने सम्भावना प्रबल छ।

अन्य टिममा को-को खेलाडी छन् – 

भारत – देभदत्त पडिक्कल , पभन शाह, यशस्भी जैसवाल, अनुज  रावत,यश राथोड, आयुष बदोनि , नेहाल वाधेरा, प्रभ सिम्रन सिंह, सिद्धार्थ देसाई, हर्ष त्यागी, अजय गंगापुरम, यतिन मंग्वानी, मोहित जन्ग्रा, समिर  चौधरी,राजेश मोहन्ति , प्रशिक्षक – वोरकेरी रमन

अफगानिस्तान – मोहम्मद शिर्जाद, अब्दुल रहमान, समिउल्लाह जवद, इजाज मेहरान, अबिद मोहम्मदी, मोहम्मद हसन, रियाज हस्सन, फरहान जखैल, उस्मान जलंद, जकिउल्लाह सुल्तानी, बसिर सिर, अब्दुल्लाह नैब, सेदिकुल्लाह अटल, इझरुल्लाक नाभेद, नविद कविर , प्रशिक्षक – एन्ड्रु जमेस मोलेस





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]