नेपाल कठिन समुहमा ( यु-१९ एसिया कप )

१५ डिसेम्बरबाट श्रीलंकामा आयोजना हुने यु-१९ युथ एसिया कपमा नेपाल कठिन समुहमा परेको छ l

८ टोलि सहभागी हुने प्रतियोगिताको समुह ‘ए’ मा रहेको नेपालको समुहमा भारत, श्रीलंका र मलेसिया रहेका छन् l समुह ‘बि’ मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् l

एकदिवसीय प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासंग १५ डिसेम्बरमा, दोश्रो खेल भारत संग १६ डिसेम्बरमा तथा मलेसिया संग १८ डिसेम्बरमा खेल्नेछ l  समुह ‘ए’ को खेल तालिका  

साविकको बिजेता भारत सहित आयोजक रास्ट्र श्रीलंका एउटै समुहमा पर्दा नेपालको सेमीफाइनल पुग्ने सम्भावना कठिन देखिएको छ l दुवै समुहको बिजेता र उपविजेता टोलि सेमीफाइनल प्रवेश गर्नेछन् l

नेपाली क्रिकेटको ताजा खबरको लागि विकेटनेपाललाई फेसबुकमा लाइक गर्नुस् यो लिंक l 

प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न यतिबेला टियु मैदनामा छनौट खेल चलीरहेको छ l देशभरबाट ५२ खेलाडी छनौट गरी संचालन भइरहेको छनौट खेलबाट यसै हफ्ता प्रतियोगिताको लागि प्रारम्भिक टोलिको घोषणा गरिनेछ l

पछिल्लो पटक सन् २०१४ मा युएईमा सम्पन्न यु-१९ एसिया कप प्रतियोगितामा पनि नेपाल समुह चरणबाट बाहिरिएको थियो l नेपालको समुहमा त्यतिबेला पनि भारत थियो l भारत,पाकिस्तान र युएई सहित समुह ‘ए’मा रहेको नेपालले त्यतिबेला युएईलाई पराजित गरेको थियो भने भारत संग ९ विकेटले तथा, पाकिस्तान संग १३२ रनले पराजित भएको थियो l

यो पनि पढ्नुस :- 

 

 

 





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]