नेपाल कठिन समुहमा ( यु-१९ एसिया कप )

१५ डिसेम्बरबाट श्रीलंकामा आयोजना हुने यु-१९ युथ एसिया कपमा नेपाल कठिन समुहमा परेको छ l

८ टोलि सहभागी हुने प्रतियोगिताको समुह ‘ए’ मा रहेको नेपालको समुहमा भारत, श्रीलंका र मलेसिया रहेका छन् l समुह ‘बि’ मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् l

एकदिवसीय प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासंग १५ डिसेम्बरमा, दोश्रो खेल भारत संग १६ डिसेम्बरमा तथा मलेसिया संग १८ डिसेम्बरमा खेल्नेछ l  समुह ‘ए’ को खेल तालिका  

साविकको बिजेता भारत सहित आयोजक रास्ट्र श्रीलंका एउटै समुहमा पर्दा नेपालको सेमीफाइनल पुग्ने सम्भावना कठिन देखिएको छ l दुवै समुहको बिजेता र उपविजेता टोलि सेमीफाइनल प्रवेश गर्नेछन् l

नेपाली क्रिकेटको ताजा खबरको लागि विकेटनेपाललाई फेसबुकमा लाइक गर्नुस् यो लिंक l 

प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न यतिबेला टियु मैदनामा छनौट खेल चलीरहेको छ l देशभरबाट ५२ खेलाडी छनौट गरी संचालन भइरहेको छनौट खेलबाट यसै हफ्ता प्रतियोगिताको लागि प्रारम्भिक टोलिको घोषणा गरिनेछ l

पछिल्लो पटक सन् २०१४ मा युएईमा सम्पन्न यु-१९ एसिया कप प्रतियोगितामा पनि नेपाल समुह चरणबाट बाहिरिएको थियो l नेपालको समुहमा त्यतिबेला पनि भारत थियो l भारत,पाकिस्तान र युएई सहित समुह ‘ए’मा रहेको नेपालले त्यतिबेला युएईलाई पराजित गरेको थियो भने भारत संग ९ विकेटले तथा, पाकिस्तान संग १३२ रनले पराजित भएको थियो l

यो पनि पढ्नुस :- 

 

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy