यु-१९ एसिया कप : नेपाल समुह चरणबाट बाहिरियो, यी हुन् सेमीफाइनल पुग्ने ४ टिम

२०७६ भाद्र २२, आईतवार १८:१५

श्रीलंका र बंगलादेशसंग पराजित हुँदै नेपाली यु-१९ क्रिकेट टिम श्रीलंकामा जारि यु-१९ एसिया कप प्रतियोगिताको सेमीफाइनल पुग्न असफल भएको छ।

आइतबार सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा नेपाललाई बंगलादेशले तथा युएईलाई बंगलादेशले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो। समुह ‘ए’ बाट यस अघिनै अफगानिस्तान र भारत सेमीफाइनल प्रवेश गरिसकेका छन्।

समुह ‘ए’ मा भारतले कुवेत र पाकिस्तानलाई तथा अफगानिस्तानले पाकिस्तान र कुवेतलाई पराजित गर्यो। समुह ‘बि’ मा श्रीलंकाले नेपाल र युएईलाई तथा बंगलादेशले नेपाल र युएईलाई पराजित गर्यो।

अब सोमबार भारत र अफगानिस्तान बीचको तथा मंगलबार श्रीलंका र बंगलादेश बीचको खेलले दुवै समुहको विजेता र उप-विजेताको तय गर्नेछ। सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को उपविजेताको तथा समुह ‘बि’ को विजेताले समुह ‘ए’ को उप-विजेताको सामना गर्नेछ। सेप्टेम्बर १२ बिहिबार देखि सेमीफाइनल खेलहरु सुरु हुनेछ।

पाकिस्तान समुह चरणबाटै बाहिरियो

राम्रो प्रदर्शनका बाबजुद नेपाल र युएई पराजित 

सेमीफाइनल प्रवेशको लागि जित महत्वपूर्ण रहेको खेलमा युएई र नेपालले राम्रो प्रतिस्पर्धा दिए पनि जित भने हात पार्न सकेन।

श्रीलंकाले दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा युएईले पुरै ओभर ब्याटिंग गरे ९ विकेट गुमाएर २७४ रन बनाउन सक्यो र ५० रनको हार बेहोर्यो। नेपालले भने पहिले ब्याटिंग गर्दै दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४ विकेट गुमाएर अन्तिम ओभरमा पछ्यायो।

नेपाल पहिलो पटक २०१७ को यु-१९ एसिया कपमा पहिलो पटक सेमीफाइनल पुगेको थियो। त्यसअघि र त्यसपछि प्रतियोगितामा नेपालको यात्रा समुह चरण भन्दा अघि बढ्न सकेको छैन।

पराजयका बाबजुद नेपाल र युएईले राम्रो प्रदर्शन गर्यो

यु-१९ एसिया कप हालसम्मका नतिजाहरु :-

भारत Vs  कुवेत – भारत ७ विकेटले विजयी
अफगानिस्तान Vs पाकिस्तान – अफगानिस्तान ८५ रनले विजयी
श्रीलंका Vs नेपाल – श्रीलंका ५ विकेटले विजयी
बंगलादेश Vs युएई – बंगलादेश ६ विकेटले विजयी
भारत Vs पाकिस्तान – भारत ६० रनले विजयी
अफगानिस्तान Vs कुवेत – अफगानिस्तान ७ विकेटले विजयी
श्रीलंका Vs युएई – श्रीलंका ५२ रनले विजयी
बंगलादेश Vs नेपाल – बंगलादेश ६ विकेटले विजयी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy