U19 Asia cup : नेपाल टस हारेर बलिंग गर्दै, यस्तो छ नेपालको अन्तिम -११

युएईमा जारि अन्डर-१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा बंगलादेशले टस जितेर ब्याटिंग रोजेको छ। खेल नेपाली समय ११:१५ बजे सुरु भएको छ।

नेपालले अन्तिम एघारमा शेर मल्ल, दिपेश कंडेल, प्रकाश जैसी र राहुल भण्डारीलाई बाहिर राखेको छ।

नेपालको अन्तिम एघार : देव खनाल ( कप्तान ) , अर्जुन कुमाल, बसिर एहमद, बिबेक यादव, गुलसन झा, तिलक राज भण्डारी, आदील अन्सारी, अर्जुन साउद, सन्तोष कार्की, बिबेक राना मगर, दुर्गेश गुप्ता

८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘बि’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने तालिका छ। समुह चरणमा तिन वटा खेल पछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy