यु-१९ बागमती प्रदेश छनोट : चितवन, नुवाकोट, भक्तपुर र ललितपुर सेमीफाइनलमा

बागमती प्रदेश अन्डर-१९ छनोट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई वटा खेलमा मकवानपुर र चितवन विजयी भएका छन्।

यो संगै प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ। चितवन, नुवाकोट, भक्तपुर र ललितपुर सेमीफाइनल प्रवेश गरका छन्। बुधबार हुने पहिलो सेमीफाइनलमा चितवन र नुवाकोट तथा दोश्रो सेमीफाइनलमा भक्तपुर र ललितपुरले प्रतिस्पर्धा गर्नेछन्।

मुलपानी क्रिकेट मैदान ( १ ) मा सम्पन्न पहिलो खेलमा मकवानपुरले भक्तपुरलाई १ विकेटले पराजित गर्यो। भक्तपुरले दिएको ११९ रनको लक्ष्य मकवानपुरले २५.५ ओभरमा ९ विकेट क्षेतीमा भेटायो। लक्ष्य पछ्याउने क्रममा मकवानपुरको लागि बिपुल खनालले अविजित ५३ रन तथा सक्षम बस्ताकोटी र आस्तिक दाहालले समान २२ रन बनाए। भक्तपुरका बलर सक्रिय राज कार्कीले ३ विकेट तथा सुबाश खत्रीले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भक्तपुरले २७.५ ओभरमा ११८ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि निस्चय थापाले ३४, सक्रिय राज कार्कीले ३१ तथा कृष कार्कीले २९ रन बनाए। मकवानपुरका बलर कुशल केसीले ४ तथा बिपुल खनालले ३ विकेट लिए।

दिनको दोश्रो खेलमा चितवनले ललितपुरलाई ६० रनले पराजित गर्यो। चितवनले दिएको १९६ रनको लक्ष्य पछ्याएको ललितपुर ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो । चितवनका लागि मनिष पुनले घातक बलिङ गर्दै ४ विकेट लिएपछि ललितपुर धरापमा परेको थियो । प्रतिक श्रेष्ठ र प्रशान्त महतले समान २/२ विकेट लिए भने कप्तान गौतम केसीले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा १९५ रन जोड्यो । चिनवनका लागि प्रतिक श्रेष्ठले ६६ र सुर्यान्सु कोइरालाले अविजित ५३ रन बनाए ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]