गुलशनले घातक बलिंग गर्दा सर्लाही विजयी

३ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश-२ स्तरीय वाई वाई यु-१९ एकदिवसिय छनौट प्रतियोगिताको सातौँ दिन सम्पन्न रोमान्चक खेलमा सर्लाहिले महोतरीलाइ १२ रनले पराजित गरेको छ ।

गौरको मिल्स मैदानमा सम्पन्न खेलमा सर्लाहिले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाई १ सय २७ रन बनाएको थियो । सर्लाहिका लागि मोहमम्द अलि हुसैनले २९, बिवेक ठाकुरले २३, अमित महतोले २७ तथा गुलशन झाले २१ रनको योगदान दिएका थिए । बलिंग तर्फ महोतरीका मोहम्मद युसुफ अलिले ४ विकेट, नितेश यादवले ३ विकेट तथा पुरज ढुंगेलले २ विकेट लिएका थिए ।

१ सय २८ रनको विजयी लक्ष्य लिई मैदानमा ओर्लेको महोतरी कुनै समय राम्रो अवस्थामा रहेपनी गुलशन झाको घातक बलिंग सामु निरिह हुदै २४ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १५ रनमै समेटियो । गुलशन झाले आफ्नो ७ ओभरको स्पेलमा १ मेडन ओभर सहित २७ रन खर्चेर महत्वपुर्ण ६ विकेट लिए। यस्तै गोपिकान्त मुखियाले २ विकेट तथा सन्दिप खड्का र बिशाल पटेलले सामान १ विकेट लिए । महोतरीका लागि सुभाष यादवले २३ रन , मोहम्मद युसुफ अलिले १३ तथा अरुण मण्डलले १० रनको योगदान दिए।

खेलको प्लेयर अफ द म्याच गुलशन झा चुनिए।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]