काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले गण्डकीलाई तथा कर्णालीले मधेश प्रदेशलाई पराजित गर्यो।
टियु क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले गण्डकीलाई ११३ रनले पराजित गर्यो। सुदूरपश्चिमले दिएको २१४ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२.५ ओभरमा १०० रन मात्र बनायो।
सुदूरपश्चिमका देब्रे हाते स्पिनर मिलन बोहरा एक्लैले ६ विकेट लिंदै गण्डकीको इनिंग्स धरासायी पारे। जारि प्रतियोगितामै यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। मिलनले ९.५ ओभरमा ४ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। आकाश चन्दले २ तथा नरेन साउदले १ विकेट लिए।

ओपनर अर्जुन कुमाल र गोविन्द बिकले ४२ रनको साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुम्दा गण्डकी सहजै पराजित भयो। गोविन्दले २२, अर्जुनले २० रन बनाए भने सुबास भण्डारीले १६ तथा करन पंगेनीले १५ रन जोडे।
टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले ४९.३ ओभरमा २१३ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि नवौं नम्बरमा ब्याटिंग गरेका आकाश चन्दले सर्वाधिक ४० रन बनाए। कप्तान अनुराग सिंहले ३७, नरेन साउदले २८, मिलन बोहराले २४, गजेन्द्र बोहरा र हेमन्त धामीले समान १९ रन बनाए।
१०६ रन बनाउदा सुदूरपश्चिमले ६ विकेट गुमाएको थियो। सातौँ विकेटको लागि सुनिल चन्द र नरेन साउदले ४२ रन जोडे। नवौं विकेटको लागि आकाश चन्द र हेमन्त धामीले पनि ४२ रनको साझेदारी गरे।
गण्डकीका कप्तान अफ स्पिनर सुबास भण्डारीले ३ विकेट लिंदा सुदिप अर्याल, निर्तेश गिरि, शिशिर भुसाल, सिब्रिन श्रेष्ठ, अर्जुन कुमाल र सचिनराज अधिकारीले १/१ विकेट लिए।
तिन वटै खेलमा जितपछि सुदूरपश्चिम ६ अंक सहित अंक तालिकाको शिर्षमा छ। समान नतिजा पछि बागमती नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा छ। तिन वटै खेलमा हार पछि गण्डकी प्रदेश सातौँ स्थानमा छ।
कर्णालीको कठिन जित, युनिशको ५ विकेट
मुलपानी मैदानमा सम्पन्न दोश्रो खेलमा मधेश प्रदेशले कर्णालीलाई २ विकेटले परजित गर्यो। मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३४.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
८४ रन बनाउदा ६ विकेट गुमाएको अवस्थाबाट मोहन बिकले एक किनार सम्हाल्दै टिमलाई जित दिलाए। नवौं विकेटको लागि मोहनले युनिस सिंहसंग अविजित ३० रनको साझेदारी गरे। मोहनले ४० बलमा ६ चौका मद्दतले ३८ रन बनाए। युनिसले २० बलमा ३ रन बनाए। यस अघि ओपनर मनिष थापाले ३२, अनिरुध कवरले १६ तथा सुवास ऐरले १४ रन बनाए।
मधेश प्रदेशका रंजित कुमार एक्लैले ५ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। १० ओभरमा कुमारले ३ मेडन ओभर गर्दै २३ रन खर्चिए। अब्जित मण्डलले २ तथा राजेश यादवले १ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको मधेशले ४१.५ ओभरमा १३५ रन बनायो। मधेशका ओपनर शैलेन्द्र शाहले सर्वाधिक ३१ रन बनाए। मायान यादवले १८, सर्फराज मन्सुरीले १७, मेघ राज रामले १६ तथा डब्लु मलिकले १५ रन बनाए।
कर्णाली प्रदेशका युनिश बिक्रम सिंहले ५ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३५ रन खर्चे। आवश शाहल र मोहन बिकले २/२ तथा गणेश डडेलले १ विकेट लिए।
३ खेल खेल्दा पहिलो जित पछि २ अंक सहित कर्णाली पाँचौ स्थानमा छ। दुवै खेलमा हार पछि मधेश प्रदेश छैठौं स्थानमा छ।