यु-१९ राष्ट्रिय : कामतले घातक बलिंग गर्दा प्रदेश-१ द्वारा बागमती पराजित

यू-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत टियु मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा ३१.४ ओभरमा १४९ रन मात्र बनायो।

मध्यम लक्ष्य पछ्याएको बागमतीले खराब सुरुवात गर्यो । बागमतीले १२ रनको योगफलमा आफ्नो दुवै ओपनर गुमाउन पुग्यो । त्यसपछि बिपिन साही र बिबेक मगरले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै बागमतीको इनिंग्स उकासे ।

२१ औं ओभरमा बिबेकलाई लभ कमातले आउट पार्दै साझेदारी तोडे । उनको विकेटसंगै बागमतीको ब्याटिंग क्रम धराशायी बन्यो । ९८ रनमा ३ विकेट गुमाएको बागमती प्रदेश १ को स्पिनर सामु सम्हालिन नसक्दा १३१ रनमा अल आउट हुन पुग्यो ।

प्रदेश १ लाई सानदार जित दिलाउन लेग स्पिनर लभ कमातले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ६ ओभरमा २६ रन खर्चिए । यस्तै, दिपेश कँडेलले ३ विकेट ( ९.४-१-४०-३ ) तथा दिपक जोशीले १ विकेट हात पारे । बागमती प्रदेशको लागि बिपिन शाहीले ४३ तथा बिबेक मगरले ४२ रन बनाए। प्रतिक श्रेष्ठ र तिलक भण्डारीले समान १० रन योगदान दिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको प्रदेश १ ले ४५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७५ रन बनाउँदै बागमतीलाई १७६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश १ को ब्याटिंगमा लभ कमात र दिपक जोशीले समान ३३ तथा ओपनर सोनु अन्सारीले ३२ रन बनाए ।

कप्तान अंकित सुवेदी खाता नखोल्दै आउट भएपछि अर्का ओपनर सोनु अन्सारीले लभ कमातसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै प्रदेश १ को इनिंग्स सम्हाले । अफ स्पिनर क्रिस कार्कीले २५औं ओभरमा अन्सारी र बिबेक आनन्द मेहेताको विकेट लिँदै प्रदेश १ लाई दबाबमा ल्याए । त्यसपछि प्रदेश १ को विकेटको पतन सुरु भएको थियो ।

कमातलाई बोल्ड आउट गर्दै कार्कीले बागमतीलाई खेलमा हावी गराएका थिए । उनको विकेटपछि दिपेश कँडेलले २३ रन बनाउँदै प्रदेश १ को इनिंग्स उकासे । उनलाई तिलक राज भण्डारीले कट एण्ड बोल्ड आउट पारे । अन्तिममा दिपक जोशीले २३ बलमा ३ चौका र २ छक्काको मद्धतमा ३३ रन बनाउँदै प्रदेश १ को योगफल १५० पार गराएका थिए ।

बागमतीको बलिंगतर्फ स्पिनर तिलक राज भण्डारी र क्रिस कार्कीले किफायती बलिंग गर्दै समान ३-३ विकेट लिए । कप्तान प्रतिष जिशिले २ तथा गौतम केशी र बिबेक मगरले समान १ विकेट हात पारे ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]