U19 National : प्रदेश-१ लाई हराउदै सुदूरपश्चिम दोश्रो स्थानमा

प्रदेश-१ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेश्रो जित दर्ता गरेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको ९१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ४ विकेट क्षेतीमा ३१ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २३ रन बनाउदा ४ विकेट गुमाएको थियो। त्यसपछि बसन्त कार्की र अर्जुन साउदले पाँचौ विकेटको लागि अविजित ७१ रनको साझेदारी गरे। बसन्तले ७० बलमा १ चौका र १ छक्का मद्दतले ३७ रन तथा अर्जुनले ६६ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ३२ रन बनाए। प्रदेश-१ का बलर अभिनय राजबंशीले २ ( ७-३-२१-२ ) तथा शर्वन किस्कु र अंकित सुबेदीले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-१ ले २४ ओभरमा ९० रनमा सबै विकेट गुमाउन पुगेको थियो। उसको लागि कप्त अंकित सुबेदीले ६१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। तेश्रो नम्बरमा ब्याटिंग गरेका अंकित २३ औं ओभर सम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्।

सुदूरपश्चिमको बलिंगमा अफ स्पिनर शेर मल्लले सर्वाधिक ४ विकेट ( ९-१-३१-४ ) लिए। नरेन्द्र साउदले ३ विकेट ( ४-१-१३-३ ) तथा कैलाश ऐरीले २ विकेट ( ५-१-२२-२ ) लिए।

जित पछि सुदूरपश्चिम ५ खेलमा ३ जित र २ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा पुगेको छ। समान अंक रहेता पनि प्रदेश-१ नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा छ।

प्रदेश-१ ले आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसंग बिहिबार प्रतिस्पर्धा गर्नेछ। यस्तै सुदूरपश्चिम प्रदेशले शुक्रबार बागमती प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल सुदूरपश्चिम र प्रदेश-१ को लागि गर या मरको खेल हुनेछ।

७ प्रदेशका टोलिहरु सहभागी प्रतियोगितामा सबै टिमले एक अर्कासंग एक/एक खेल खेलेपछि अंकतालिकामा शिर्ष स्थानमा रहने दुई टिम फाइनल पुग्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy