यु-१९ राष्ट्रिय क्रिकेट अर्को साता सुरु हुँदै

२०७९ मंसिर १, बिहीबार १७:३५

Arjun Saud

नेपाल क्रिकेट संघ ( क्यान ) ले अण्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

सात प्रदेशको यु-१९ टिम सहभागी प्रतियोगिता मङ्सिर ७ देखि १९ गते सम्म काठमाडौँमा आयोजना हुनेछ।

प्रतियोगितामा सिंगल राउण्ड रोबिन फर्म्याटमा हुनेछ। सात वटै टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल खेल्नेछन्। प्रतियोगिताको खेलहरु टियु क्रिकेट मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदान मुलपानीमा खेलिनेछ।फाइनल सहित प्रतियोगितामा कुल २२ खेल हुनेछन्।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो जुन क्रममा उसले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गरेको थियो। स्कोरकार्ड

अघिल्लो संस्करण प्रतियोगितामा वर्तमान राष्ट्रिय क्रिकेटर देव खनाल, बसिर एहमद, बिबेक यादव, अर्जुन साउद, मोहम्मद आदील आलम, लोकेश बम जस्ता खेलाडी सहभागी थिए।

प्रतियोगिताको पहिलो दिन एक मात्र खेल हुनेछ। टियु मैदान किर्तिपुरमा बागमती प्रदेश र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। दोश्रो दिन मङ्सिर ८ देखि मङ्सिर १७ गतेसम्म दिनको दुई खेल हुनेछन्। मङ्सिर १९ गते फाइनल हुनेछ।

https://www.youtube.com/watch?v=z6zrQyD4h1k

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy