यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ९ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिताको लिग चरणमा लुम्बिनी समुह विजेताको रुपमा तथा सुदूरपश्चिम उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो। लुम्बिनीले कर्णाली प्रदेश बाहेक सबै टिमलाई पराजित गर्यो भने सुदूरपश्चिमले लुम्बिनी प्रदेश र प्रदेश-२ संग बाहेक अन्य सबै प्रदेश टिमलाई पराजित गरेको थियो।

लुम्बिनी प्रदेशको बलिंगमा मोहम्मद हुसेन दुर्गेश गुप्ता, बिशाल बिक्रम केसी तथा ब्याटिंगमा कप्तान देव खनाल, आकाश त्रिपाठी लयमा छन्। देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमद ब्याट र बल दुवैमा योगदान दिन सक्छन्। प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता समेत रहेका मोहम्मद हुसेनले ६ खेलमा १९ विकेट लिईसकेका छन् जो सुदूरपश्चिमको लागि घातक सावित हुन सक्नेछन्। देब्रे हाते स्पिनर बसिरले ६ खेलमा ११ विकेट लिनुको साथै ९७ रन समेत बनाएका छन् जुन क्रममा ४ इनिंग्समा ब्याटिंग गर्दा ३ पटक अविजित छन्। उत्कृस्ट लयमा रहेका देव खनालले ६ खेलमा ३ अर्धशतक प्रहार गर्दै २६४ रन बनाएका छन्।

अर्कोतर्फ सुदूरपश्चिमको बलिंगमा शेर मल्ल, हेमन्त धामी, आकाश चन्द तथा ब्याटिंगमा अर्जुन साउद, बसन्त कार्की लयमा छन्। अफ स्पिनर मल्लले ६ खेलमा १६ विकेट लिईसकेका छन् र प्रतियोगिताको दोश्रो सर्वाधिक रनकर्ता हुन्। उत्कृस्ट लयमा रहेका अर्जुन साउदले ६ खेलमा १ शतक र १ अर्धशतक मद्दतले २३२ रन बनाएका छन्। बसन्त कार्कीले ३५ को औशतले १४३ रन बनाएका छन्।

प्रतियोगितामा लुम्बिनी प्रदेशले एक पटक पनि पहिलो ब्याटिंग गरेको छैन। कर्णालीसंग हार बाहेक उसले सबै खेल लक्ष्य पछ्याउने क्रममा जितेको थियो। लिग चरणमा मुलपानी मैदानमा सुदूरपश्चिमले दिएको २४१ रनको लक्ष्य लुबिनीले ८ विकेट गुमाएर भेटाएको थियो। अर्कोतर्फ सुदूरपश्चिमले पनि प्रतियोगिताको सबै खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ। पहिले ब्याटिंग गरेको दुवै खेलमा सुदूरपश्चिम लुम्बिनी प्रदेश र प्रदेश-२ संग समान २ विकेटले पराजित भएको थियो।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]