यु-१९ राष्ट्रिय : बागमतीको जितमा बिबेक, प्रतिश र तिलकको उत्कृस्ट योगदान

गण्डकी प्रदेशलाई ७५ रनले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। बागमती पहिलो खेलमा प्रदेश-१ संग पराजित भएको थियो। पहिलो खेलमा लुम्बिनी प्रदेशसंग पराजित भएको गण्डकीको यो दोश्रो हार हो।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। ओपनर अर्जुन कुमालले ९४ बलमा ६ चौका र १ छक्का मद्दतले ५५ रन बनाएता पनि जित्न पर्याप्त रहेन। सुबाश भण्डारी र सुजन गौतमले समान १३ तथा कमल परियारले १० रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४७ रन बनाउदा ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि अर्जुनले सुबाससंग ४३ रनको साझेदारी गरे। त्यस बाहेक अर्को ठूलो साझेदारी हुन सकेन।

बागमतीका बलर कप्तान प्रतिश जिसी ( ८.३-१-३२-३ ) र तिलक बहादुर भण्डारी ( १०-२-१६-३ ) ले समान तिन विकेट तथा गौत केसी, सक्रिय राज कार्की र प्रतिक श्रेष्ठले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमतीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो।

बागमतीको लागि पाँचौ नबरमा ब्याटिंग गरेका बिबेक राना मगरले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। प्रतिश जिसीले २२, प्रतिक श्रेष्ठले १७, कृष कार्कीले १५ तथा सक्रिय राज कार्कीले अविजित १४ तथा बिपिन शाहीले १३ रन बनाए। ६४ रनमा ५ विकेट गुमाएको अवस्थामा बिबेकले छैठौं विकेटको लागि प्रतिकसंग ५५ रनको तथा सातौँ विकेटको लागि प्रतिशसंग ४१ रनको साझेदारी गरेका थिए।

गण्डकी प्रदेशको बलिंगमा सुदिप अर्याल ( ७-१-३१-३ ) , कमल परियार ( ८-०-३०-३ ) र अभिषेक थापाले ( ९.५-१-४३-३ ) समान तिन विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजै टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई १४० रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy