यु-१९ राष्ट्रिय : बागमतीको जितमा बिबेक, प्रतिश र तिलकको उत्कृस्ट योगदान

गण्डकी प्रदेशलाई ७५ रनले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। बागमती पहिलो खेलमा प्रदेश-१ संग पराजित भएको थियो। पहिलो खेलमा लुम्बिनी प्रदेशसंग पराजित भएको गण्डकीको यो दोश्रो हार हो।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। ओपनर अर्जुन कुमालले ९४ बलमा ६ चौका र १ छक्का मद्दतले ५५ रन बनाएता पनि जित्न पर्याप्त रहेन। सुबाश भण्डारी र सुजन गौतमले समान १३ तथा कमल परियारले १० रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४७ रन बनाउदा ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि अर्जुनले सुबाससंग ४३ रनको साझेदारी गरे। त्यस बाहेक अर्को ठूलो साझेदारी हुन सकेन।

बागमतीका बलर कप्तान प्रतिश जिसी ( ८.३-१-३२-३ ) र तिलक बहादुर भण्डारी ( १०-२-१६-३ ) ले समान तिन विकेट तथा गौत केसी, सक्रिय राज कार्की र प्रतिक श्रेष्ठले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमतीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो।

बागमतीको लागि पाँचौ नबरमा ब्याटिंग गरेका बिबेक राना मगरले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। प्रतिश जिसीले २२, प्रतिक श्रेष्ठले १७, कृष कार्कीले १५ तथा सक्रिय राज कार्कीले अविजित १४ तथा बिपिन शाहीले १३ रन बनाए। ६४ रनमा ५ विकेट गुमाएको अवस्थामा बिबेकले छैठौं विकेटको लागि प्रतिकसंग ५५ रनको तथा सातौँ विकेटको लागि प्रतिशसंग ४१ रनको साझेदारी गरेका थिए।

गण्डकी प्रदेशको बलिंगमा सुदिप अर्याल ( ७-१-३१-३ ) , कमल परियार ( ८-०-३०-३ ) र अभिषेक थापाले ( ९.५-१-४३-३ ) समान तिन विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजै टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई १४० रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]