गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा भएको हो । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

प्रतियोगिता डिसेम्बर ८ देखि १७ गतेसम्म युएईमा हुने तालिका छ ।

नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy