यू–१९ महिला क्रिकेट टोलीको विदाइ

मलेसियामा यही जेठ २० देखि २५ गतेसम्म अयोजना हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पनि भाग लिने भएको छ । छनोट खेलमा सहभागि नेपाली टोलीलाई मंगलबार नेपाल क्रिकेछ संघ (क्यान) ले विदाई गरेको छ ।

छनोट खेलका लागि क्यानले यसअघिनै स्पिनर कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ । नेपाली टोली बुधबार मलेसिया प्रूथान गर्नेछ । टोलीलाई मंगलबार आयोजित कार्यक्रमबीच क्यानका अध्यक्ष चतुबहादुर चन्द लगायतले विदाइ गर्नुभयो । छनोट खेलमा नेपालले नेपाल, यूएई, मलेसिया, कतार, भुटान र थाईल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट खेलमा नेपाल शीर्ष स्थानमा रहन सके सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । छनोट खेलमा नेपालले २० गते कतार, २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली यू–१९ महिला टोली

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), एलिसा यादव (विकेटकिपर), सृष्टी जैसी, मनिषा उपाध्यय, मनिषा रानामगर, साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy