यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो। यो जितसँगै ३-० को नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्वीप’ गरेको हो।

यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराएको थियो।

अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्नुहुँदा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९.१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो।

नेपालविरुद्ध हङकङका चार जना बलरले समान दुईदुई विकेट हात पारे। २६६ रनको लक्ष्य पछ्याएको हङकङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहाेरो अङ्कमा रन जोड्न सकेनन्। पूरै ५० ओभर खेल्दै हङकङ १३५ रनमा समेटिएको हो।

नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुईदुई विकेट लिनुहुँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एकएक विकेट हात पार्नुभयो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]