यु-१९ विश्वकप एसिया छनोट खेल्ने टिमको घोषणा

आगामी महिना फेब्रुअरीमा युएईमा आयोजना हुने अन्डर-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १४ सदस्यीय टिमको घोषणा गरेको छ। क्यानले काठमाडौँमा जारि रहेको बन्द प्रशिक्षणबाट टिम छनोट गरेको हो।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।

क्यानद्वारा घोषित टिममा राष्ट्रिय टिमको लागि खेलीसकेका देव खनाल, गुल्शन झा पनि छन्। यस्तै यस अघि यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अर्जुन कुमाल, दिपेश कंडेल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी जस्ता खेलाडीहरु टिममा छन्।

टिममा गत महिना डिसेम्बरमा सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु समाबेश गरिएका छन्।

उक्त प्रतियोगितामा सर्वाधिक विकेटकर्ता रहेका फास्ट बलर हेमन्त धामीले गुल्सनसंग मिलेर टिमको फास्ट बलिंग पक्षको नेतृत्व गर्नेछन्। यस्तै दोश्रो सर्वाधिक विकेट लिएका देब्रे हाते स्पिनर मिलन बोहरा पनि टिमको महत्वपूर्ण सदस्य हुनेछन्। प्रतियोगिताको सर्वाधिक रनकर्ता प्रतिक श्रेष्ठले भने टिममा मौका पाउन सकेनन्। दोश्रो सर्वाधिक रनकर्ता रहेका आकाश त्रिपाठी, तेश्रो सर्वाधिक रनकर्ता अर्जुन कुमाल टिममा छन्। प्रतियोगितामा लुम्बिनी विजेता भन्दा कप्तानी गरेका विशाल विक्रम केसी पनि टिममा छन्। टिममा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका दुई दिपक बोहरा पनि छन्।

घोषित टिमको कप्तान र उपकप्तानको घोषणा भने क्यानले गरेको छैन।

घोषित टिम : आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा

वैकल्पिक खेलाडीहरु : प्रज्वल थापा, निर्मल थापा, तुल बहादुर थापा, राजेश यादव





थप समाचार

नेपाल आउने वेस्ट इन्डिज ए टोलीको घोषणा

काठमाडौं । नेपालको सिनियर टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ […]

जैसवालको शतकमा राजस्थानको जित, मुम्बईलाई हराउँदै राजस्थान प्लेअफ नजिक

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा ओपनर यसश्वी जैसवालको शतकको सहयोगमा मुम्बई इन्डियन्सलाई पराजित गरि […]

राजस्थानले मुम्बईबाट पायो १८० रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८० रनको लक्ष्य […]

मलेसियन लिगमा सहभागी हुने नेपाली क्रिकेटरको विदाई

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने ६ नेपाली क्रिकेटरको विदाई भएको छ । नेपाल […]

अभानी प्रिमियर लिग : वारियर्स र सगरमाथा विजयी

काठमाडौं । अभानी प्रिमियर लिगमा वारियर्स क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन् । सिड्नीमा जारी लिगमा वारियर्सले […]

गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता : बागमती र कर्णालीको जित

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका […]