एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

Nepal U19 Cricket Team

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

क्यानले यू-१९ विश्वकप छनोट खेलेकाहरूलाई निरन्तरता दिएको छ । टोलीमा यू-१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरिएको छ ।

यू-१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् ।

यू-१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन् ।

यसैगरी सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिट सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव पनि यू-१९ टिमको प्रारम्भिक टोलीमा समावेश छन् ।





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]