क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। तथापी कोरोनाको नयाँ भेरीएन्टका कारण एसिया कप आयोजना हुने या नहुने अधिकारिक घोषणा एसीसीले गरेको छैन। प्रतियोगिता डिसेम्बर २० तारिख देखि २ जनवरीसम्म चल्ने बताईएको छ जसको अधिकारिक घोषणा भने भएको छैन।

क्यानले डिसेम्बर ८ तारिख ( मङ्सिर २२ बुधबार ) देखि यु-१९ एसिया कपको लागि बन्द प्रशिक्षण थाल्ने बताएको छ। सबै खेलाडीहरु डिसेम्बर ७ तारिखमा जम्मा भैसक्नेछन्। यु-१९ एसिया कपमा नेपाल सहित, अफगानिस्तान, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, युएई र कुवेत प्रतिस्पर्धा गर्नेछन्।

घोषित टिम : देव खनाल, मोहम्मद हुसेन, बसिर एहमद, सन्तोष कार्की, बिबेक यादव, बिबेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, बिपिन शाही, आदील अन्सारी

क्यानद्वारा घोषित टिममा यु-१९ राष्ट्रिय प्रतियोगिताको विजेता टिम लुम्बिनी प्रदेशबाट कप्तान देव खनाल सहित मोहम्मद हुसेन र वासिर एहमद गरि तिन जनाले स्थान बनाएका छन्। देब्रे हाते फास्ट बलर हुसेन प्रतियोगिताकै उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर चुनिएका थिए भने खनाल उत्कृस्ट ब्याट्सम्यान चुनिएका थिए। खनालले ७ खेलमा ३३४ रन बनाएका थिए भने हुसेनले ७ खेलमा २१ विकेट लिएका थिए। बसिरले ११ विकेट लिनुको साथै १०१ रन समेत बनाए।

लुम्बिनीलाई उपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेका दुर्गेश गुप्ता भने टिममा छैनन्। गुप्ताले ७ खेलमा १३ विकेट लिएका थिए। टिममा तिब्र गति बलरको रुपमा मोहम्मद हुसेन पछि कर्णाली प्रदेशका अनुज चनारा र प्रकाश जैसी तथा प्रदेश-२ का गुल्सन झा रहेका छन्। जैसीले ६ खेलमा १५ विकेट लिएका थिए भने चनाराले समान खेलमा १२ विकेट लिएका थिए। गुल्सनले प्रतियोगितामा ६ खेलमा ४ विकेट मात्र लिन सकेका थिए।

टिममा स्पिनरको रुपमा बागमती प्रदेशका लेग स्पिनर तिलक राज भण्डारी, प्रदेश-१ का देब्रे हाते स्पिनर दिपेश कंडेल, गण्डकी प्रदेशका देब्रे हाते स्पिनर कमल परियार र सुदूरपश्चिमका अफ स्पिनर शेर मल्ल रहेका छन्। तिलकले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिएका थिए भने कमल परियारले ६ खेलमा १५ विकेट, दिपेशले ६ खेलमा १३ विकेट तथा शेरले ७ खेलमा १८ विकेट लिएका थिए।

ब्याटिंगतर्फ लुम्बिनीका देव खनाल बाहेक सुदूरपश्चिमका अर्जुन साउद, राहुल भण्डारी र बसन्त कार्कीले, प्रदेश-२ का सन्तोष कार्की, बिबेक यादव र आदील अन्सारीले मौका पाएका छन्। यस्तै प्रदेश-१ का सोनु अन्सारी, गण्डकी प्रदेशका अर्जुन कुमाल, बागमती प्रदेशका बिबेक राना मगर र बिपिन शाहीले मौका पाएका छन्। अर्जुन, सन्तोष र सोनुले प्रतियोगितामा शतक बनाएका थिए भने क्रमशः अर्जुनले ७ खेलमा २४१ रन, सन्तोषले ६ खेलमा २४० रन तथा सोनुले ६ खेलमा १९२ रन बनाएका थिए। यस्तै अर्जुन कुमालले ६ खेलमा १७०, बिबेकले ६ खेलमा २३२ र बिपिन शाहीले ६ खेलमा १४७ रन बनाए। आदील अन्सारीले ६ खेलमा १४१ रन बनाए।

प्रदेश-२ को कप्तानी गरेका फास्ट बलिंग अलराउण्डर बिबेक यादव पनि टिममा छन् जसले ६ खेलमा १८१ रन बनाउनुको साथै ११ विकेट समेत लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]