नेपाललाई यु-१९ विश्वकप पुर्‍याउने क्रिकेटरलाई सुदुरपस्चिम सरकारले जनही एक लाख दिने

काठमाडौँ । यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ।

हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो। नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडीलाई जनही एक लाख र चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो।

नेपाली यू-१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दीपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए। यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy