यु-१९ विश्वकप वेस्टइन्डिजमा हुने, न्युजिल्यान्डले नखेल्दा स्कटल्याण्डले पायो मौका

आईसीसी अन्डर-१९ विश्वकपको चौधौं संस्करणको आयोजना वेस्टइन्डिजले गर्ने भएको छ। पहिलो पटक अन्डर-१९ विश्वकप वेस्टइन्डिजले आयोजना गर्न लागेको हो जुन आगामी वर्ष २०२२ जनवरी १४ देखि फेब्रुअरी ५ सम्म संचालन हुनेछ।

वेस्टइन्डिजको ४ देशक १० स्थानको मैदानमा खेलहरु हुनेछन्। एन्टीगुवा र बार्बुडा, गायना, सेन्ट किट्स एण्ड नेभिस र ट्रिनिडाड एण्ड टोबागोमा खेलहरु हुनेछन्। प्रतियोगितामा कुल ४८ खेलहरु खेलिनेछन्।

न्युजिल्यान्डले भने कोभिड-१९ का कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको छ। फर्किदा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियामका कारण न्युजिल्यान्डले नाम फिर्ता लिएको बतएको छ। न्युजिल्यान्डको स्थानमा स्कटल्याण्डले सहभागिताको मौका पाएको छ।

यु-१९ विश्वकपमा डिफेन्डिङ च्याम्पियन बंगलादेश सहित १६ टोलि सहभागी हुँदैछन् जसलाई ४ वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई , समुह ‘बि’ मा भारत, आयरल्याण्ड, दक्षिण अफ्रीका र युगान्डा, समुह ‘सी’ मा अफगानिस्तान, पाकिस्तान, पपुवा न्यु गिनी र जिम्बाब्वे तथा समुह ‘डी’ मा अस्ट्रेलिया, स्कटल्याण्ड, श्रीलंका र वेस्टइन्डिज रहेका छन्। प्रत्येक समुह बाट दुई वटा टिम नक आउट चरण प्रवेश गर्नेछन्।

यु-१९ विश्वकपको उपाधि वेस्टइन्डिजले एक पटक, अस्ट्रेलियाले तिन पटक, पाकिस्तानले दुई पटक, भारतले चार पटक तथा इंग्ल्यान्ड, दक्षिण अफ्रीका र बंगलादेशले समान एक पटक जितेका छन्।

सन् २०१६ मा बंगलादेशमा आयोजित यु-१९ विश्वकप खेलेको नेपाली यु-१९ टिम भने यो पटक पनि सहभागी हुने छैन। आईसीसीले कोभिड-१९ का कारण एसिया छनोट प्रतियोगितानै आयोजना नगरेपछि पछिल्लो यु-१९ विश्वकपको प्रदर्शनको आधारमा युएईलाई छनोट गरेको थियो। एसियाबाट युएई, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी र अमेरिकाबाट क्यानडा छनोट प्रतियोगिता नखेली छनोट भएका हुन्।

“आईसीसी यु-१९ विश्वकपको क्षेत्रीय छनोट प्रतियोगिताहरु कोभिड-१९ आचारसंहिताका कारण रद्द हुनु निकै दुखदायी कुरा हो। सदस्य राष्ट्रहरुलाई दिईएको आचारसंहिताका कारण टिमहरुले प्रतियोगिताबाट हात झिकेका छन् त्यसैले हामिसंग यी प्रतियोगिताहरु रद्द गर्नु बाहेक अरु उपाए थिएन।। हामीले मैदानमा नतिजा आओस् भन्ना चाहनाले सदस्य राष्ट्रहरुसंग गहन छलफल गरेका थियौं तर प्रतियोगिता सम्भव देखिएन। त्यसैले क्यानडा, युएई र पपुवा न्यु गिनी यु-१९ विश्वकप खेल्न छनोट भएका छन्।” आईसीसी प्रेस बिज्ञप्ति जारि गर्दै त्यसबेला बताएको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]