सिंगापुरसंग नेपालको पहिलो खेल, यस्तो छ पछिल्लो ४ खेलको नतिजा : यु-१९ विश्वकप छनौट

Nepal Under19 Cricket Team
  • विकेटनेपाल, चैत-२८ 

दक्षिण अफ्रीकामा आगामी वर्ष जनवरी-फेब्रुवरीमा आयोजना हुने अन्डर-१९ एकदिवसीय विश्वकप प्रतियोगितामा छनौटको लागि ‘एसिया छनौट प्रतियोगिता’ यही अप्रिल १२ देखि मलेसियामा सुरु हुँदैछ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स ( युएई ) सहभागी हुँदैछन्।प्रतियोगिताको विजेता टिम २०२० यु-१९ विश्वकपमा छनौट हुने भएकोले २०१८ को यु-१९ विश्वकपमा छनौट हुन असफल नेपाली युवा टिमलाई पुनः विश्वकप ढोका ढकढक्याउने मौका रहेको छ।

नेपालले सिंगापुरसंग शुक्रबार बिहान ७:४५ वजे खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। सिंगापुर नेपालसंग अन्डर-१९ स्तरमा प्रतिस्पर्धा गरिरहने टिम हो जसलाई पराजित गर्दै विजयी सुरुवात गर्ने धुनमा नेपाली टिम रहेको छ।

पछिल्लो ४ खेलमा यस्तो छ नतिजा 

सन् २००९ एसीसी यु-१९ इलाईट कप  

कुवेतमा सम्पन्न प्रतियोगिताको समुह चरणको खेलमा नेपालले सिंगापुरलाई ३ विकेटले पराजित गरेको थियो। खेलमा टस जितेर ब्याटिंग गर्दै सिंगापुरले दिएको १७२ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ७ विकेट गुमेर पुरा गरेको थियो। नेपालको जितमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ६२ रन तथा अनिल मण्डलले ३६ रन योगदान दिएका थिए। यस्तै बलिङ्गतर्फ रोम श्रेष्ठले ३ र सागर खड्काले २ विकेट लिएका थिए।

सन् २०१७ यु-१९ विश्वकप छनौट ( एसिया ) , पहिलो खेल  

सिंगापुरमा भएको प्रतियोगिता अन्तर्गत नेपालले ४ विकेटको जित निकालेको थियो। टस हारेको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो। नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। बलिङ्गमा सन्दिप लामिछानेले ५ विकेट ( ८-२-२१-५ ) , शाहब आलमले ३ विकेट ( ६-१-१२-३ ) लिएका थिए भने ब्याटिंगमा प्रनित थापाले सर्वाधिक २३ र अनिल साहले १९ रन बनाएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन् २०१७ यु-१९ विश्वकप छनौट ( एसिया ) , दोश्रो खेल 

एकै प्रतियोगितामा दोस्रो पटकको प्रतिस्पर्धामा नेपालले घरेलु टिमलाई २२ रनए पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले १६८ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा सिंगापुरले १४६ रन मात्रै बनाउन सक्यो। जितमा सन्दिप लामिछानेले ४ विकेट ( १०-१-२२-४ ) तथा किशोर महतो र पवन सर्राफले २/२ विकेट लिए भने ब्याटिंगमा दिपेन्द्र ऐरिले ५४ रन बनाएका थिए।

सन् २०१७ एसीसी यु-१९ इस्टर्न रिजन 

मलेसियामा आयोजित प्रतियोगितामा सिंगापुरले टस जितेर ब्याटिंग गर्दै ६७ रनमै सम्पूर्ण विकेट गुमाएको थियो। पवन सर्राफले ६ विकेट ( ८-४-१२-६ ) लिंदै सिंगापुर इनिंग धरासायी बनाएका थिए। ६८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गर्यो जुन क्रममा सन्दिप सुनारले २० र अनिल साहले १८ रन योगदान दिएका थिए।

नेपाली टिम :- रोहित पौडेल, अभिषेक बस्नेत, भिम शार्की , हरि बहादुर चौहान, कमल सिंह ऐरि , कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सुर्य तामांग , प्रशिक्षक – बिनोद दास, टिम म्यानेजर – रमन शिवाकोटी, फिजियो – बिक्रम न्यौपाने

नेपालको खेल तालिका

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मलेसियासंग अप्रिल १२ तारिकमा एसटिसी मैदानमा खेल्नेछ। १३ अप्रिलमा युएईसंग किनरारा मैदानमा, १५ अप्रिलमा मलेसियासंग बायुमास ओभल मैदानमा, १६ अप्रिलमा ओमानसंग एसटिसी मैदानमा र १८ अप्रिलमा अन्तिम खेल कुवेतसंग किनरारा मैदानमा खेल्नेछ। सबै खेल मलेसिया समय १० वजे बिहान तथा नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]