यु–१९ महिला राष्ट्रिय क्रिकेट: उपाधिका लागि कर्णाली र गण्डकी भिड्ने

धनगढी: कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णाली प्रदेश फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिमले बिहीवार बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियो। तर नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ।

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले बागमतीमाथि ६ विकेटको जित दर्ता गर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन बनाएको थियो। ८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमको जितमा सावित्री धामीले अविजित २३ र यशोदा विष्टले अविजित १८ रन बनाइन्। त्यस अघि बागमतीका लागि हेलिशा गुरुङले २२ रन बनाइन्। उसलाई १८.३ ओभरमै रोक्न सुदूरपश्चिमका स्नेहा महरा, अनु खडायत र यशु पाण्डेयले समान २/२ विकेट लिइन्। खेलेको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी सावित्री भइन्।

बुधवार लुम्बिनीसँग पराजित भए पनि सुदूरपश्चिमलाई रन रेटमा पछि पारेर फाइनल पुगेको कर्णालीले अब शुक्रबार उपाधिका लागि गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ। गण्डकी यस अघि नै मधेस प्रदेशलाई पराजित गर्दै फाइन प्रवेश गरिसेकेको छ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए। ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]