यु-१९ विश्वकप छनोटमा नेपाललाई झट्का, युएईसंग १३ रनले पराजित

काठमाडौं । युएईमा जारी यु-१९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपालमाथि घरेलु टोलीले जित हासिल गरेको छ ।

४ टिम सहभागी प्रतियोगिताको विजेता टिम मात्र यु-१९ महिला टि-२० विश्वकप छनोट हुने हुँदा यो हारले नेपालको विश्वकप यात्रा कठिन बनेको छ। नेपाललाई पराजित गर्दै युएईले लगातार तेश्रो जित दर्ता गरेको छ।

शनिवार सम्पन्न खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो ।

युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पुजा महतोले ४३ बलमा ५ चौकाको सहयोगमा ४८ रन बनाउदै आउट भईन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नट आउट ११ रन जोडिन् ।

युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए ।

त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन् । इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

युएई एक समय ११ ओभरमा २ विकेट गुमाएर ७८ रन बनाएको थियो । विशाल योगफलतर्फ जादै गरेको युएईविरुद्ध नेपाली टिमले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो ९ ओभरमा ५ विकेट लिदै ४४ रन मात्र खर्चिएको थियो ।

नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा अपराजित युएई ३ खेलमा शत प्रतिशत जितपछि ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । थाइल्याण्ड र कुवेतले समान दुई खेल खेल्दा जितविहिन छ।

नेपालले चौथो खेलमा नोभेम्बर १० तारिख आइतवार थाइल्यान्डसँग खेल्नेछ भने पाँचौ खेल नोभेम्बर १२ तारिखमा मंगलबार कुवेतसंग तथा छैठौं खेल नोभेम्बर १३ तारिख बुधबार युएईसंग खेल्ने तालिकाछ। आफ्नो पहिलो दुई खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले तथा कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]