नेपालमा २०२५ को आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार १२ देखि २१ अप्रिल २०२५ सम्म आयोजना हुने प्रतियोगिताको आयोजक देशको रुपमा नेपाललाई चयन गरिएको बताएको छ । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान, र यूएईका टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।
यो प्रतियोगिताको विजेताले २०२६ को यु-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।