U19WC : पहिलो दिन अस्ट्रेलिया र श्रीलंका विजयी

स्टइन्डिजमा सुरु भएको आईसीसी अन्डर-१९ विश्वकप प्रतियोगिताको पहिलो दिन सम्पन्न दुईवटा खेलमा अस्ट्रेलिया र श्रीलंका विजयी भएका छन्। गय राति सम्पन्न खेलमा अस्ट्रेलियाले आयोजक वेस्टइन्डिजलाई ६ विकेटले तथा श्रीलंकाले स्कटल्याण्डलाई ४० रनले पराजित गर्यो।

गायनामा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १७० रनको लक्ष्य अस्ट्रेलियाले ४४.५ ओभरमा ४ विकेट क्षेतीमा भेटायो। अस्ट्रेलियाको जितमा ब्याटिंगतर्फ टेगु विलिले अविजित ८६ रन तथा बलिंगतफ टम व्हाइटने, एन राधाकृष्णन र कुपर कोनोलीले समान तिन विकेट लिए। वेस्टइन्डिजको लागि कप्तान अकिम अगस्टिले ५७ रन योगदान दिए।

जर्जटाउनमा सम्पन्न अर्को खेलमा श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १७८ रन मात्र बनायो। श्रीलंकाको जितमा ब्याटिंगमा सकुना लियना गेले ८५ रन तथा बलिंगमा दुनिथ वेलागेले ५ विकेट लिए। स्कटल्याण्डका ज्याक जार्भिसले ५५ तथा सिङ फिशरले ३ विकेट लिए।

प्रतियोगिताको दोश्रो दिन शनिवार ४ वटा खेलहरु हुनेछन्। जिम्बाब्वे र पपुवा न्युगिनी, आयरल्याण्ड र युगान्डा, भारत र दक्षिण अफ्रीका तथा क्यानडा र युएई बीच हुने खेलहरु नेपाली समय राति ६:४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा १६ टिम सहभागी छन् जसलाई ४ वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा युएई, बंगलादेश, क्यानडा र इंग्ल्यान्ड, समुह ‘बि’ मा युगान्डा, दक्षिण अफ्रीका, भारत र आयरल्याण्ड, समुह ‘सी’ मा पाकिस्तान, जिम्बाब्वे, अफगानिस्तान र पपुवा न्यु गिनी तथा समुह ‘डी’ मा श्रीलंका, अस्ट्रेलिया, वेस्टइन्डिज र स्कटल्याण्ड छन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]