सोमपालले ४ र सन्दिपले ३ विकेट लिंदा युएई ११४ रनमै अलआउट

  • विकेटनेपाल, माघ २८ – आइतबार

नेपाल र संयुक्त अरब ईमिरेट्सबीच जारि विश्व क्रिकेट लिग डिभिजन २ को खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिंग गरेको युएईले ३१ ओभरमा मात्र ११४ रन बनाउदा सबै विकेट गुमायो ।

युएईका लागि शईमान अनवरले सर्बाधिक ३० रन (४० बल, २ चौका) प्रहार गर्दा अदनान मुफ्तीले पनि १८ रनको पारि खेले । विकेट किपर ब्याट्सम्यान घुलाम शब्बरले १६, मोहम्मद बुताले १५, मोहम्मद नावीदले १० रन बनाए ।

युएईलाई सुरुवाती झट्का दिनको लागि सोमपाल कामि र करण केसीले उत्कृस्ट बलिंग गरे। ४ विकेट हात पारेका सोमपाल कामिले ७ ओभरमा ३० रन खर्चिदै सुरुका दुई विकेट झारे भने करण केसीले पनि कप्तान रोहन मुस्ताफालाई आउट गरेका थिए ।

सन्दिप लामिछानेले ३ विकेट लिने क्रममा ७ ओभरमा ३० रन खर्चिदा पारस खड्काले २ विकेट लिन २० रन खर्चे।

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ मध्ये १ खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरीसकेको छ। वर्षाको कारण युनाइटेड क्रिकेट क्लब मैदान, विन्ढोकमा निर्धारित समय भन्दा ३ घण्टा सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंग गर्न निम्त्याएको थियो।

प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 

खेलको फोटोहरु –





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]