११४ रन लक्ष्य पछ्याउदा युएईको पनि कमजोर सुरुवात

  • विकेटनेपाल, माघ ११ , शुक्रबार 

नेपाल र युएई बीच जारी एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले पहिले ब्याटिंग गर्दै दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले पनि कमजोर सुरुवात गरेको छ।

लन्च समयसम्म युएईले आफ्नो दुवै ओपनरलाई गुमाईसकेको छ र ८ ओभरमा ३१ रन बनाउदा २ विकेट गुमाएको छ। उसलाई जितको लागि अझै ४२ ओभरमा ८३ रन आवस्यक रहेको छ।

ओपनर अस्फाक एहमद ५ रन बनाएर करन केसीको बलमा एलबिडब्लु आउट हुन पुगे भने चिराग सुरी ४ रन बनाउदा सोमपाल कामिको बलमा क्याच आउट हुन पुगे। ४.४ ओभरमा १२/२ पुगेको युएई स्कोरलाई त्यसपछि तेश्रो विकेटको लागि घुलाम शब्बिर र शैमन अनसारले तेश्रो विकेटको लागि अविजित १९ रनको साझेदारी गर्दै डोर्याएका छन्।

सोमपालले ४ ओभरमा १७ रन दिएर १ विकेट , करनले ३ ओभरमा १० रन खर्चेर १ विकेट लिंदा १ ओभर गरेका सन्दिप लामिछानेले ३ रन दिएर विकेट भने लिन सकेका छैनन्।

अहिले खेलको लन्च समय भएको छ। नेपाल यस अघि ३४.५ ओभरमा आउट हुँदा लन्च ब्रेक नगरी युएई ब्याटिंग गर्न आएको हो।

नेपालको ब्याटिंग 

खेलमा युएईले टस जितेर पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ११३ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

घाँसे पिचमा अत्यन्त खराब सुरुवात गरेको नेपालको लागि ओपनिङ्ग ब्याटिंग गरेका ज्ञानेन्द्र मल्ललाई इनिंगको पहिलो ओभरमा खाता नखोल्दै मोहम्मद नबिदले आउट गराए भने अर्का ओपनर बिनोद भण्डारी (  ५ रन ) पनि  नबिदको बलमा विकेटकिपरबाटै समातिन पुगे।

१६/२ ( ६.१ ओभर ) पुगेको नेपालको योगफललाई त्यसपछि कप्तान पारस खड्का र चौथो नम्बरमा पहिलो पटक ब्याटिंग गर्न आएका सोमपाल कामिले उकास्ने प्रयास गरे र २६ रनको साझेदारी गरे। तर १२ औं ओभरमा पारस खड्का पनि कदिर एहमदको सर्ट बललाई पुल गर्ने प्रयासमा फाइन लेगमा समातिन पुग्दा नेपालको तेश्रो विकेट गुम्न पुग्यो। उनले ३६ बलमा ३ चौका प्रहार गरे।

११.५ ओभरमा ४४/३ को स्थितिमा नेपालको दुर्भाग्य रोकिएन। दिपेन्द्र ऐरि र सोमपाल कामि बीच असमझदारी हुँदा ऐरि १३ औं ओभरमा रन आउट हुन पुगे। दिपेन्द्र रन लिन दौडीसकेको बेला अर्को किनारमा रहेका सोमपाल भने त्यहीं बसेका थिए। ऐरि पुनः आफ्नै किनारमा फर्कने क्रममा खाता नखोल्दै रन आउट हुन पुगे। फलस्वरूप नेपाल ४७/४ ( १२.४ ) को दयनीय स्थितिमा पुग्यो।

पाँचौ विकेटको लागि सोमपाल कामि र आरिफ शेखले नेपालको योगफललाई अघि बढाउने प्रयास गरे। तर धैर्यतापूर्ण ब्याटिंग गरिरहेका सोमपाल २१ औं ओभरमा इमरान हैदरको बलमा एलबिडब्लु हुन पुगे। उनले ४७ बलमा ३ चौका मदतले ३० रन बनाए।

सोमपालको विकेट पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका पवन सर्राफ ४ रन ( ३ बलमा १ चौका ) , करन केसी ( ३ रन ) र बसन्त रेग्मी खाता नखोल्दै आउट हुँदा नेपाल २५ ओभरमा ८१/८ को अवस्थामा पुग्यो।

१०० भन्दा कम योगफलमा समेटिने अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र सन्दिप लामिछानेले नवौं विकेटको लागि २५ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। सर्ट बलमा ठुलो सट खेल्ने चक्करमा आरिफ मोहम्मद नबिदको बलमा क्याच आउट हुन पुगे। उनले ४३ बलमा ३ चौका मदतले २५ रन बनाए।

आरिफको विकेट पछि एउटा किनारमा धैर्यतापुर्वक ब्याटिंग गरिरहेका सन्दिप लामिछाने पनि १५ रन ( २७ बल ) बनाएर आउट हुन पुग्दा नेपालले ३३.५ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

युएईको लागि बलिङ्गमा मोहम्मद नबिद ( ९-२-३१-३ ) र आमिर हायात ( ७.५-२-९-३ ) ले ३/३ विकेट लिए। यस्तै इमरान हैदरले २ विकेट ( ८-१-१९-२ ) र कदिर एहमद ( ७-०-३२-१ ) ले  विकेट लिए।

पवन सर्राफ , बिनोद भण्डारी र ललित राजबंशीको डेब्यु 

युएईसंग जारि खेलमा बिनोद भण्डारी , ललित राजबंशी र पवन सर्राफले नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो क्याप जितेका छन्।

बिनोद विकेट किपर तथा ओपनिङ्ग ब्याट्सम्यानको भूमिकामा खेलीरहेका छन् भने पवन अफ स्पिनर हुन् भने तल्लो मध्यक्रममा ब्याटिंग गर्ने गर्छन। यस्तै ललित देब्रे हाते स्पिनर हुन्।

नेपालको यु-१६ र यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका पवन सर्राफ लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका थिए। गत महिना सम्पन्न एभरेस्ट प्रिमियर लिगमा विजेता टिम ललितपुर प्याट्रीएट्सको लागि खेल्ने क्रममा सर्राफले ७ खेलमा ११ विकेट लिएका थिए जुन क्रममा पोखरा राइनोज, काठमाडौँ किंग्स-११ संग २ खेलमा गरि ३ पटक ३/३ विकेट लिएका थिए। ब्याटिंगमा पनि उनले तल्लो क्रममा राम्रो योगदान दिएका थिए।

Pawan Sarraf
Pawan Sarraf

सन् २०१७ को डिसेम्बरमा युएईसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिप टिममा रहेका बिनोद भण्डारी त्यसपछि पहिलो पटक एकदिवसीयमा नेपालको लागि प्लेयिंग-११ मा छन्।बिनोदले गत वर्ष अक्टोबरमा सम्पन्न टि-२० बिश्वकप छनौटमा नेपाली टिमबाट खेलेका थिए।नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्ड टुर र एसिया कप छनौटमा उनले खेल्न पाएका थिएनन्।

नेपाली यु-१९ टिम हुँदै राष्ट्रिय टिममा स्थान बनाएका ललित राजबंशीले आईसीसी बिश्वकप छनौटमा नेपाली टिममा स्थान बनाएका थिए। त्यसपछि नेदरल्याण्डसंग एकदिवसीय सिरिज र एसिया कप छनौटमा खेलेको युएईसंगको एउटा अन्तर्राष्ट्रिय भने खेल्न नपाएका राजबंशीले बल्ल एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने मौका पाएका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपाली क्रिकेटरहरु :- 

पारस खड्का, सोमपाल कामि, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरि, सुबास खकुरेल, आरीफ शेख, अनिल साह, सन्दिप लामिछाने, रोहित पौडेल, बसन्त रेग्मी, शक्ति गौचन, बिनोद भण्डारी, ललित भण्डारी, पवन सर्राफ, शरद भेसावकर, सागर पुन , करन केसी, ललित राजबंशी





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]