रमिजले करियरकै उत्कृस्ट ब्याटिंग गर्दै युएईसँग स्कटल्याण्ड पराजित

  • विकेटनेपाल, माघ ९ – मंगलबार

युएईमा जारि आयरल्याण्ड, स्कटल्याण्ड र युएई सम्मिलित त्रि-कोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले स्कटल्याण्डलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। सिरिजमा यस अघिका ३ वटै खेलमा पराजित युएईले अन्तिम खेलमा भने उही नतिजा दोहोर्याएन।

नामिबियामा फेब्रुअरी ८ देखि १५ सम्म आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ मा युएई नेपालसंगै खेल्दैछ। खेल तालिका  

आईसिसी एकेडेमीमा भएको खेलमा स्कटल्याण्डले दिएको ३०० रनको लक्ष्य युएईले ६ विकेट गुमाएर ५ बल बाँकी रहँदै पुरा गर्यो।

युएईको जितमा रमिज शहजादले करियरको पहिलो शतक प्रहार गर्ने क्रममा अविजित १२१ रन बनाए। त्यसक्रममा उनले ११५ बल सामना गर्दै १० चौका र २ छक्का प्रहार गरे। ओपनर अस्फाक अहमदले ९२ रन ( ८७ बल – ८ चौका, ३ छक्का ) प्रहार गरे। शहजादले अहमदसंग तेश्रो विकेटको लागि महत्वपूर्ण १२५ रनको तथ छैठौं विकेटको लागि अद्नान मुफ्तीसंग ७५ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

स्कटल्याण्डका लागि सफ्यान शरिफ तथा मार्क वाटले २/२ विकेट हात पारे ।

रमिज शहजादले करियरको पहिलो शतक प्रहार गरे  – @thenational.ae

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डकले ५० ओभरमा ९ विकेट गुमाएर २९९ रनको योगफल तयार पारेको थियो । उसका रिची बेरिंगटनले  ९० रन (९५ बल, ९ चौका, २ छक्का) तथा कप्तान कायल कोट्ज़रले ७५ रन (७९ बल, १३ चौका) प्रहार गर्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

त्यस्तै चौथो विकेटको लागि बेरिंगटनले कालुम मक्लोड़ (१० रन) सँग मिलेर ४४ रनको साझेदारी गरेका थिए भने जर्ज मुन्सीसँग मिलेर पाचौं विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए। मुन्सीले आक्रामक ४७ रनको पारि खेल्नेक्रममा २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

युएईका मोहम्मद नाविदले ३ विकेट लिन ४७ रन तथा ज़हूर खानले पनि समान ३ विकेट लिन ६२ रन खर्चिदा कप्तान रोहन मुस्ताफाले २ विकेट लिएका थिए ।

(Featured Image: @thenational.ae)

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]