पहिलो टि-२० मा युएईद्वारा नेदरल्याण्ड पराजित

युएईको नेदरल्याण्ड टुर अन्तर्गत पहिलो टि-२० मा घरेलु टिमलाई युएईले १३ रनले पराजित गरेको छ। ४ वटा टि-२० को सिरिज अन्तर्गत जितसंगै युएईले १-० को अग्रता लिएको छ। दोश्रो टि-२० सोमबार खेलिनेछ।

शनिवार राति भीआरए मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमयेअर १६८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा डच ओपनर म्याक्स ओडोडले सर्वाधिक ५१ रन ( ३५ बलमा ४ चौका र २ छक्का ) प्रहार गरे। पहिलो विकेटको लागि १८ रन बनाएका स्टेफेन माइबर्गसंग उनले ५४ रनको साझेदारी गरेका थिए। बेन कुपरले ३१, स्कट एडवार्ड्सले ३४ तथा एन्टोनियस स्टालले अविजित १९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।

युएईको लागि रोहन मुस्फाताले सर्वाधिक २ विकेट ( ४-०-२६-२ ) लिए। सुल्तान एहमद र जाहुर खानले १/१ विकेट लिए।

युएईको ब्याटिंग 

युएईको लागि ओपनर अश्फाक एहमदले सर्वाधिक ५४ तथा मुहम्मद उस्मानले ५२ रन बनाएका थिए। एहमदले ३५ बलमा ११ चौका प्रहार गरे भने उस्मानले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटको लागि रोहन मुस्तफा ( ८ रन ) संग एहमदले ४१ रनको साझेदारी गरेका थिए भने उस्मानले पाँचौ विकेटको लागि डारिएस डी सिल्भा ( २४* ) संग ५६ रनको साझेदारी गरे।

डच बलर भिभिएन किंग्माले २ ( ४-०-४७-२ ) तथा ब्राण्डन ग्लोभर, पिटर सिलर र सिकन्दर जुल्फिकरले १/१ विकेट लिए।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्याण्ड १३ औं स्थानमा तथा युएई १६ औं स्थानमा रहेको छ। नेपाल ११ औं स्थानमा रहेको छ। यो सिरिज पछि वरियतामा फेरबदल हुनसक्नेछ। युएई र स्कटल्याण्ड अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट प्रतियोगितामा सहभागी हुँदैछन्।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]