युएईसंग नेपाल सहजै पराजित, पारस भन्छन् “४० रन कम बन्यो”

  • विकेटनेपाल, २० मङ्सिर  – बुधबार 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित हुन पुगेको छ।

स्कोरकार्ड 

सेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको नेपालले पहिलो इनिंगमा बनाएको २२१ रनको जवाफमा ब्याटिंग गरेको युएईले २५ बल बाँकी छदै मात्र ३ विकेट गुमाई लक्ष पुरा गर्यो।

हारपछि कप्तान पारस खड्काले नेपालले ४० रन कम योगफल बनाएको र दोश्रो इनिंगमा विकेट ब्याट्सम्यानलाई अझ सहज भएको बताए। च्याम्पियनसिप अंकतालिकामा हारपछि पनि नेपाल युएई भन्दा १ स्थान माथि छैठौं स्थानमा रहेको छ।नेपालको ९ अंक रहेको छ भने १ स्थान तल युएईको ८ अंक। १ स्थान माथि केन्याको समान १३ खेलमा १२ अंक रहेको छ। अंकतालिका हेर्नुस  

नेपालले अब युएईसंग दोश्रो खेल ८ डिसेम्बर ( शुक्रबार ) खेल्नेछ।

युएईले लक्ष पछ्याउने क्रममा नेपाली बलरहरुले विकेटको मौका निकाले पनि क्याचहरु छुट्न पुग्दा युएई ब्याट्सम्यानहरु हाबी भएका थिए। खेलको चौथो ओभरको तेश्रो बलमा पारस खड्काले स्लिपमा कप्तान रोहन मुस्तफाको क्याच छुटाउन पुगेका थिए जसले ६२ रनको महत्वपूर्ण योगदान दिंदै जितमा महत्वपूर्ण भूमिका खेले। ललितकै अर्को ओभरमा विकेटकिपर दिलिप नाथको सुस्तताको कारण मुस्तफा पुनः आउट हुनबाट जोगिन पुगे जतिबेला उनि १८ रनमा ब्याटिंग गरिरहेका थिए।

नेपालले पहिलो विकेट रनआउटको रुपमा हात पार्यो । अश्फाक अहमद १९ रनमा पेभेलियन फर्किंदा टिमको स्कोर ४२ रन थियो जसपछि दोश्रो विकेट लिन नेपालले लामो प्रतिक्षा गर्नु पर्यो। दोश्रो विकेटको लागि रोहन मुस्तफा र गुलाम शब्बिरले ८१ रनको साझेदारी गरे। ओपनर मुस्तफा ७ चौका र १ छक्का प्रहार गरेपछि शरद भेसावकरको बलमा विकेटकिपर दिलिपको हातबाट समातिन पुगे।

त्यसपछि शब्बिरले तेश्रो विकेटको लागि रामिज शहजादसंग ६७ रनको साझेदारी गर्दै युएईको जित सहज बनाएका थिए। शहजाद ३७ रन बनाएर सन्दिप लामिछानेको बलमा कट एण्ड बोल्ड हुन पुगेपछि शब्बिरले चौथो विकेटको लागि मोहम्मद उस्मानसंग ३५ रनको अविजित साझेदारी गर्दै युएईलाई जितसम्म पुर्याएका थिए।

शब्बिरले अविजित ८१ रन बनाउने क्रममा ११६ बलमा ८ चौका प्रहार गरे जो खेलको म्यान अफ द म्याच समेत चुनिए। उस्मान १७ रनमा अविजित रहे।

खेल हेर्न पुगेका नेपाली दर्शकहरु

नेपालले अनुसासित बलिंग गरेपनि लगातार विकेट भने हात पार्न सकेनन्। सन्दिप लामिछाने र शरद भेसावकर बाहेक अन्य बलर विकेट बिहिन रहे। सन्दिपले १० ओभरमा ४६ रन खर्चेर १ विकेट हात पारे भने शरदले ४ ओभरमा १४ रन खर्चेर १ सफलता हात पारे। बसन्त रेग्मीले १० ओभरमा १ मेडन ओभर सहित ३७ रन खर्चिए पनि विकेट लिन सकेनन् भने शक्ति गौचन विकेट बिहिन रहँदै ६ ओभरमा ३२ रन खर्चिए।

यस अघि शरद भेसावकर र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिंग खेलेपछि नेपालले युएईलाई २२२ रनको लक्ष प्रस्तुत गरेको थियो।

नेपालको लागि ओपनिंग गरेका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए। दिलिप १५ औं ओभरमा १६ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र शरद भेसावकरले दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए।

लिस्ट ए करियरको चौथो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाएपछि ज्ञानेन्द्र युएई कप्तान रोहन मुस्तफाको बलमा एलबिडब्लु धरापमा परेका थिए । मल्लले ८३ बलमा ६ चौका प्रहार गरे।

त्यसपछि ब्याटिंग गर्न आएका पारस खड्का र शरदले तेश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पारस २० रनको स्कोरमा आउट भएपछि नेपालले आरिफ शेख ( ० ) र बिनोद भण्डारी ( ४ ) लाई सस्तैमा गुमाउन पुग्यो।

सातौँ नम्बरमा ब्याटिंग गरेका सोमपालले शरदसंग छैठौ विकेटको लागि ३७ रनको साझेदारी गरे। सोमपाल २० रनको स्कोरमा आउट भए जसले ३ चौका प्रहार गरे। सोमपालको विकेट पछि शरद र बसन्त रेग्मीले सातौँ विकेटको लागि अविजित ४० रनको साझेदारी गर्दै नेपाललाई सम्मानित स्कोरतर्फ डोर्याएका थिए।

शरद भेसावकरले उत्कृस्ट ब्याटिंग गरे

लिस्ट ‘ए’ करियरको छैठौ अर्धशतक बनाएका शरद ८१ रनमा अविजित रहे जुन क्रममा ९५ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै धैर्यतापूर्ण इनिंग खेले। बसन्त रेग्मीले अविजित १४ रन बनाए। नेपालले पुरा ५० ओभरमा ६ विकेट गुमाई २२१ रन बनायो।

युएईको लागि जहुर खानले २ तथा मोहम्मद नबिद, अहमद रजा र रोहन मुस्तफाले समान १/१ विकेट हात पारे।

आजै सम्पन्न बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्य २ खेलमा स्कटल्याण्डले केन्यालाई ८ विकेटले पराजित गरेको छ भने नेदरल्याण्डले नामिबियालाई ८ विकेटलेनै पराजित गर्यो। जितसंगै च्याम्पियनसिप अंकतालिकामा नेदरल्याण्ड ९ जित बटुल्दै २० अंक सहित पहिलो तथा स्कटल्याण्ड ७ जित सहित १७ अंक बटुली दोश्रो स्थानमा रहेको छ। पपुवा न्युगिनी तेश्रो तथा हंगकंग चौथो स्थानमा रहेको छ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]